स्पेनले दियो प्यालेस्टाइनलाई आधिकारिक रूपमा राष्ट्रको दर्जा

नेपालभ्युज

स्पेनले दियो प्यालेस्टाइनलाई आधिकारिक रूपमा राष्ट्रको दर्जा
पेड्रो सान्चेज

काठमाडौं । स्पेनले आधिकारिक रूपमा प्यालेस्टाइनलाई राष्ट्रको दर्जा दिएको छ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले यस्तो घोषणा गरेका हुन् ।

यो निर्णयसँगै स्पेन प्यालेस्टाइनलाई राष्ट्रिय दर्जा दिने १ सय ४० देशमा सामेल भएको छ ।

प्रधानमन्त्री सान्चेजले भने, ‘यो निर्णयको एकमात्र उद्देश्य इजरायल र प्यालेस्टाइनबीचको शान्ति प्रयासमा योगदान पुर्‍याउनु हो ।’

‘प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दिनु इतिहासको न्यायको कुरा मात्र होइन, यो समयको आवश्यकता पनि हो । यो शान्तिपूर्ण समाधान खोज्ने एक मात्र उपाय हो ।’ उनले यसअघि भने ।

मे २२ मा स्पेन बाहेक नर्वे र आयरल्याण्डले प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दिने घोषणा गरेका थिए ।

यो घोषणाले प्यालेस्टिनीहरूको आत्मनिर्णयको अधिकारलाई समर्थन गर्न युरोपका अन्य देशहरूमा दबाब बढाउने विश्वास गरिन्छ । यी देशहरूमा बेलायत, फ्रान्स र जर्मनी पनि पर्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved