अभिनेता जीवनले कसे इटानीसँग लगनगाँठो

नेपालभ्युज

अभिनेता जीवनले कसे इटानीसँग लगनगाँठो

काठमाडौं । अभिनेता जीवन गिरी वैवाहिक बन्धनमा बाँधिएका छन् ।

गिरीले शुक्रबार मोडल सकी इटानीसँग लगनगाँठो कसेका हुन् ।

काठमाडौंको चाबहिलस्थित आनन्द मार्गस्थित सूर्य इभेन्टमा जीवन र सकीको विवाह समारोह जारी छ ।

काभ्रेका जीवन र चितवन निवासी सकीले केही वर्षको प्रेम विवाहमा परिणत गरेका हुन् ।

फिल्म ‘एउटा साथी’ बाट अभिनय डेब्यु गरेका जीवनले केही फिल्म, विज्ञापन चलचित्र र थुप्रै म्युजिक भिडियो अभिनय गरेका छन् ।

सकीले पनि आधा दर्जन बढी भिडियो अभिनय गरेकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved