‘टक्सिक’बाट बाहिरिइन् करीना, यशकी बहिनी बन्दै नयनतारा

नेपालभ्युज

‘टक्सिक’बाट बाहिरिइन् करीना, यशकी बहिनी बन्दै नयनतारा

काठमाडौं । बलिउड अभिनेत्री करीना कपूर साउथ फिल्मका अभिनेता यश स्टारर फिल्म ‘टक्सिक’बाट कन्नड सिनेमामा डेब्यु गर्न लागेकी थिइन् ।

तर, उनले आफ्नो व्यस्तताका कारण फिल्म छाडेकी छन् । अब करिनाको ठाउँमा फिल्ममा साउथकी लेडी सुपरस्टार नयनतारालाई लिइएको छ ।

पिङ्कभिलाको रिपोर्टमा फिल्म टक्सिकका निर्देशक गीतु मोहनदास र यशले पछिल्लो हप्तामा नयनतारासँग पटकपटक भेटघाट गरेको उल्लेख छ ।

नयनताराले फिल्म ‘टक्सिक’ गर्न चासो देखाएको र अहिले लजिस्टिकको काम भइरहेको उल्लेख छ ।

फिल्ममा यशकी बहिनीको क्यारेक्टरको पटकथा निकै राम्रोसँग बनाइएको छ र त्यो बलियो भूमिकाले नयनताराको छविसँग राम्रोसँग मेल खान्छ ।

नयनताराले गत वर्ष फिल्म जवानबाट बलिउडमा डेब्यु गरेकी थिइन्, त्यसपछि उनको पान इन्डिया छवि विकसित भएको छ ।

यसअघि नयनतारा कन्नड फिल्म सुपर (२०१०) मा देखिएकी थिइन् । नयनताराले यो फिल्म गरे भने यो उनको दोस्रो कन्नड फिल्म हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved