करीना बनिन् युनिसेफ इन्डियाको ब्रान्ड एम्बेसडर

नेपालभ्युज

करीना बनिन् युनिसेफ इन्डियाको ब्रान्ड एम्बेसडर

एजेन्सी । करीना कपूर खानको पछिल्लो फिल्म ‘क्रु’ बक्स अफिसमा हिट भयो । यो फिल्ममा करीना कपूर, तब्बु र कृति सेननको केमिस्ट्री दर्शकलाई एकदमै मन पर्‍यो ।

अहिले करीना एकपटक फेरि चर्चामा आएकी छन् । जसको कारण हो युनिसेफ इन्डियाले बलिउड स्टार करीना कपूर खानलाई आफ्नो नयाँ राष्ट्रिय एम्बेसडर घोषित गरेको छ ।

एम्बेसडर भएपछि करीनाले आफ्नो यात्रा युनिसेफसँग एक दशक पूरानो रहेको बताएकी छन् । करीना सन् २०१४ देखि यूनिसेफसँग जोडिएकी छन् ।

बच्चाको प्रारम्भिक विकास, स्वास्थ्य, शिक्षा र लैंगिक समानताको अधिकारलाई अगाडि बढाउन उनले युनिसेफलाई सहयोग गर्दै आइरहेकी छन् ।

करीना कपूरले इन्स्टाग्राममा तस्वीर शेयर गर्दै लामो पोस्ट लेखेरे युनिसेफलाई धन्यवाद दिएकी छन् । उनले पोस्टमा आफ्नो लागि एउटा भावूक दिन भएको बताएकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved