छिट्टै रिलीज हुँदै ‘पंचायत ३’

नेपालभ्युज

छिट्टै रिलीज हुँदै ‘पंचायत ३’

एजेन्सी । ‘फुलेरामा फूल एकपटक फेरि फुल्नेछन्’ किनकी प्रसशंकको मन परेको स्ट्रीमिंग सीरीज ‘पंचायत’ को तेस्रो सीजनको प्रसारण मिति घोषणा भइसकेको छ ।

नयाँ सीजनमा जितेन्द्र कुमार, नीना गुप्ता, रघुवीर यादव, फैसल मलिक, चन्दन रोय र संविका अभिनयमा एकपटक फेरि देखिनेछन् । निर्माताले वेब सीरीज ‘पंचायत ३’ २८ मईमा ओटीटी प्लेटफर्म अमेजन प्राइममा स्ट्रीम हुने बताएका छन् ।

कमेडी–ड्रामा पंचायतको निर्देशन दीपक कुमार मिश्राले गरेका छन् भने स्क्रिप्ट चन्दन कुमारले लेखेका छन् । यो कार्यक्रम अभिषेक –जितेन्द्र कुमार) को जीवनमा आधारित छ, जसलाई फुलेरा गाउँमा ग्राम पंचायतले सचिवका रुपमा नियुक्त गरेको छ ।

ग्रामीण जीवनबाट असन्तुष्ट अभिषेक पंचायत कार्यालयभित्रै रहेर प्रतियोगात्मक परिक्षाको तयारी गर्न थाल्छ । आफ्नो यात्राका क्रममा अभिषेक प्रधान–पति (रघुवीर यादव), ग्राम प्रधान (नीना गुप्ता), प्रह्लाद चा (फैसल मलिक) र ग्राम पंचायतको कार्यालय सहायक विकास (चन्दन राय) को नजिकको साथी बन्न जान्छ ।

शो को दोस्रो सीजन एउटा अप्रत्याशित स्थितिमा समाप्त भएको थियो, जब प्रह्लादको छोरा बोर्डरमा शहीद हुन्छ । जसले गर्दा गाउँ र पंचायतमा शोकको माहोल बन्छ । टीवीएफद्वारा बनाइएको यो कार्यक्रम यही २८ मेमा प्राइम भिडिओमा प्रसारण हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved