रहेनन् ‘टाइटानिक’का अभिनेता बर्नार्ड हिल

नेपालभ्युज

रहेनन् ‘टाइटानिक’का अभिनेता बर्नार्ड हिल

काठमाडौं । चर्चित फिल्म ‘टाइटानिक’का अभिनेता बर्नार्ड हिलको निधन भएको छ ।

फिल्ममा क्याप्टेन एडवर्ड स्मिथको भूमिका निर्वाह गरेका हिलको आइतबार निधन भएको हो ।

बीबीसीका अनुसार अभिनेताका एजेन्ट लु कोल्सनले हिलको मे ५ आइतबार बिहान भएको पुष्टि गरे ।

हिलले शमे ४ मा कमिक कोन लिभरपुलमा उपस्थित हुने भनिएको थियो । तर, अन्तिम मिनेटमा रद्द गरेका थिए ।

बर्नार्ड ११ ओस्कार जित्ने दुई चलचित्रहरूमा देखा पर्ने एक मात्र फिल्म स्टार थिए ।

उनले सन् १९९७ मा रिलिज भएको ‘टाइटानिक’ र सन् २००३ मा रिलिज भएको ‘लर्ड अफ द रिङ्स’ मा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

यी दुवै चलचित्रले ११–११ ओस्कार अवार्ड जितेका थिए । टाइटानिक र लर्ड अफ द रिङ्सबाहेक हिलले आफ्नो करियरमा गान्धी र द स्कर्पियन किंगलगायत धेरै हिट फिल्महरूमा पनि काम गरे ।

आफ्नो ५० वर्षको अभिनय करियरमा फिल्मका अलावा हिलले टिभी सिरियल र थिएटरमा पनि काम गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved