महंगा गरगहनाले ढाकिएका थिए हिरामन्डीका अभिनेत्री, ऋचाले भनिन्- लिएर भागेको भए…

नेपालभ्युज

महंगा गरगहनाले ढाकिएका थिए हिरामन्डीका अभिनेत्री, ऋचाले भनिन्- लिएर भागेको भए…

एजेन्सी । संजय लीला भन्सालीको सिरिज ‘हिरामन्डी’ ओटीटीमा छाइरहेको छ । यसमा अभिनेत्रीहरूको कामदेखि लिएर उनीहरूका पहिरन, भव्य सेट र गरगहनाहरूको पनि प्रशंसा भइरहेको छ ।

यसैबीच सिरिजकी एक अभिनेत्री ऋचा चड्ढाले सिरिजमा देखाइएका गरगहना सबै असली भएको बताएकी छन् । साथमा ती गरगहनाको मूल्य करोडौंमा भएको समेत बताइन् । यसलाई लिएर उनले ठट्टा पनि गरिन् ।

एक पत्रकारसँगको कुराकानीमा ऋचा चड्ढाले आफू हिरामन्डीको हिस्सा बन्नु राम्रो भएको बताइन् । उनले भनिन्, “सुन्दर कपडा, सुन्दर गहना, सबै असली थियो । यदी मैले ती सबै गहना लगाएकी हुन्थे र भागेकी हुन्थे भने मैले आफ्नो एउटा फिल्म बनाउन सक्थेँ । यदी ती सबै गहना मैले एकसाथ लगाएकी हुन्थेँ ।”

गहना मात्र नभएर सिरिजमा अभिनेत्रीहरूले लगाएका पहिरनले पनि आफै कथा बताउँछन् । उक्त पहिरनलाई रिम्पल–हरप्रीत नरूलाले आफ्नो ब्रान्डमा रहेर बनाएका थिए ।

उनका अनुसार कलाकारहरूको अन्तिम लुक्स उनीहरूको भिजनसँग मिलाएर बनाइएको थियो ।

नेटफ्लिक्समा रिलिज भएको ‘हिरामन्डी’ को कथा सन् १९४० को समयका देह व्यापारी महिलाहरूको बारेमा बनाइएको छ । जसमा मनीषा कोइराला, सोनाक्षी सिन्हासँग अन्य कलाकारहरूले काम गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved