आफूलाई अमिताभसँग तुलना गरेकोमा कंगनालाई गरियो ट्रोल

नेपालभ्युज

आफूलाई अमिताभसँग तुलना गरेकोमा कंगनालाई गरियो ट्रोल

एजेन्सी । बलिउड अभिनेत्री कंगना रनौत स्पष्ट विचारका लागि चिनिन्छिन् । कंगना विगत केही समयदेखि लगातार चर्चामा छन् । किनकी उनलाई बीजेपीले लोकसभा चुनावमा प्रत्यासी बनाएको छ ।

अहिले कंगना रनौतका फोटो तथा भिडिओ सामाजिक सञ्जालमा छाइरहेका छन् । भारतको हिमाचल प्रदेशको मंडी लोकसभा सिटबाट उठेकी कंगना पछिल्लो पटक ट्रोल बनिरहेकी छन् ।

एउटा भिडिओमा उनले आफ्नो तुलना भारतका मेगास्टार मानिने अमिताभ बच्चनसँग गरेकी छन् । सामाजिक संजालमा भाइरल भइरहेको भिडिओमा कंगनाले भनेकी छन्, “सारा देश हैरान छ, कि कंगना रनौत, चाहे राजस्थान जाउँ, चाहे वेस्ट बंगाल, चाहे दिल्ली, मणिपुर जहाँ जान्छु एकदमै धेरै प्रेम र सम्मान प्राप्त भइरहेको छ । म दाबा गर्न सक्छु यस्तो सम्मान अमिताभ बच्चनपछि मलाई नै प्राप्त भएको छ ।”

यो भिडिओ भाइरल भएसँगै कंगनाका प्रसंशकले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् भने विरोधीले उनलाई ट्रोल गरेका छन् ।

कंगनालाई फिल्ममा चल्न नसकेकाले राजनीतिमा आएको भन्दै उडाउने गरिएको थियो । सन २०१५ यता उनले एउटै हिट फिल्म दिन सकेकी छैनन् । तर, यस्तो अभिनेत्रीले आफूलाई अमिताभसँग तुलना गरेको भन्दै धेरैले व्यङ्ग्य गरिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved