१० अर्बको ‘इन्भेष्टमेन्ट कम्पनी’ बनाउँदै महासंघ, देशभरीका व्यवसायीले लगानी गर्न पाउने 

नेपालभ्युज

१० अर्बको ‘इन्भेष्टमेन्ट कम्पनी’ बनाउँदै महासंघ, देशभरीका व्यवसायीले लगानी गर्न पाउने 
फाइल फोटो

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले दश अर्ब पुँजीको ‘इन्भेष्टमेन्ट कम्पनी’ सञ्चालन गर्ने भएको छ । महासंघले देशैभरका उद्यमी व्यवसायीहरूले लगानी गर्न सक्ने गरी १० अर्ब पुँजीको इन्भेष्टमेन्ट कम्पनी खोल्ने भएको हो ।

नेपाल जग्गा तथा आवास विकास संघको साधारणसभामा बोल्दै अध्यक्ष चन्द्र प्रसाद ढकालले महासंघको अगुवाइमा इन्भेष्टमेन्ट कम्पनी खोल्न लागिएको बताएका हुन् । उनका अनुसार उक्त कम्पनीले ३५ देखि ४० अर्बका परियोजनामा लगानी गर्न सक्ने छ ।

भने, कुल पुँजीको १० प्रतिशत सर्वसाधारण नागरिकमा प्राथमिक सेयर निष्कासन गर्ने गरी सेयर संरचना तय गरिएको छ । महासंघका सदस्य बाहेकका उद्योगी व्यवसायीले पनि लगानी गर्न सक्ने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved