एजेन्सी । गर्मीमा कपालसँग जोडिएका समस्या पनि धेरै हुन्छन् । कपाल बलियो बनाउन कफीको प्रयोग गर्न सकिन्छ ।
आज हामी कफीलाई कपालमा प्रयोग गर्ने तरिका र यसबाट पाइने फाइदाबारे बताउनेछौं ।
- कफीमा एन्टीअक्सीडेन्ट र फ्लेवोनायड्स जस्ता पोषक तत्व पाइन्छन् जसले कपाल झर्ने र चायाँको समस्या कम गर्छन् ।
- कफी लगाउँदा कपाल झर्ने समस्या कम हुँदै जान्छ । यसले कपालको वृद्धि पनि तीव्र गतिमा हुन थाल्छ ।
- कफीको प्रयोगले कपालको लम्बाई बढाउन सकिन्छ । साथमा यसलाई लगाउँदा दुई वटा मुख भएको कपालको समस्या पनि कम हुन्छ ।
- कफीको प्रयोग गरेर कपाल चम्किलो बनाउन सकिन्छ । साथमा यसले कपाललाई मुलायम पनि बनाउँछ ।
- चायाँको समस्या छ भने कफीको मास्क बनाएर लगाउन सकिन्छ । यसले स्काल्पलाई सफा गर्नुका साथै चायाँ कम हुन्छ ।
- कफीको तेल लगाउँदा सेतो कपालको समस्या पनि कम हुन्छ । कफीमा हुने पोषक तत्वले कपाल कालो बनाउन सहयोग गर्छ ।
- कफीको पेस्ट, हेयर मास्क र तेलको प्रयोग गर्न सकिन्छ । साथमा यसलाई दही, मेहेन्दी आदिमा मिसाएर लेप बनाएर पनि लगाउन सकिन्छ ।
Facebook Comment
Comment