कोरोनाका कारण मृत्यु भएका तीन जनाको शव झण्डै हजार दिनपछि दाहसंस्कार, कारण के ?

नेपालभ्युज

कोरोनाका कारण मृत्यु भएका तीन जनाको शव झण्डै हजार दिनपछि दाहसंस्कार, कारण के ?

काठमाडौं । भारतको छत्तीसगढ राज्यको राजधानी रायपुर सहरमा सन् २०२० मा कोरोना भाइरसका कारण ज्यान गुमाएका तीन जनाको शवको झण्डै एक हजार दिनपछि अन्तिम संस्कार गरिएको छ ।

रायपुरको बाबा साहेब भीमराव अम्बेडकर अस्पतालमा बेवारिसे अवस्थामा रहेका तीन शव कंकालमा परिणत भएका थिए ।

प्रहरी अधिकारीहरूका अनुसार गत महिना रायपुरको एउटा अखबारले राज्यको सबैभन्दा ठूलो सरकारी अस्पतालमा हजार दिनभन्दा बढी समयदेखि पीपीई किटमा दाबी नगरिएका तीन जनाको शव राखेको समाचार प्रकाशित गरेको थियो।

समाचारमा ती शव महिला वा पुरूषका हुन् भन्ने खुलाइएको थिएन ।

उक्त समाचार सार्वजनिक भएपछि अस्पताल व्यवस्थापनको यस विषयमा ध्यानाकर्षण भएको थियो ।

कोरोनाका कारण मृत्यु भएकाले यी शवको अन्तिम संस्कारका लागि म्याजिस्ट्रेटको अनुमति लिनु बाँकी रहेको खुलेको छ ।

यसका लागि अस्पताल व्यवस्थापनले म्याजिस्ट्रेटलाई पत्र पनि लेखेको थियो । तर, अनुमति पाएको थिएन ।

त्यसपछि यी शवहरू पीपीई किटभित्र राखिएका थिए ।

समाचार बाहिर आएपछि अस्पतालले पीपीई किट खोल्दा त्यसभित्र पर्चामा मृतकको जानकारी लेखिएको थियो ।

उक्त पर्चाबाट मृत्यु हुनेमा एक महिला र दुई पुरूष रहेको खुलेको छ ।

यसपछि परिवारका सदस्यहरूलाई सम्पर्क गरी यसबारे जानकारी गराइएको थियो ।

परिवारको सहमतिपछि बिहीबार तीनै जनाको शवलाई कोरोनासँग सम्बन्धित प्रोटोकल अनुसार स्थानीय शवदाह स्थलमा दाहसंस्कार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved