अमेरिकामा बेरोजगारी दर बढ्दै, अप्रिलमा ३.९ प्रतिशत पुग्यो

नेपालभ्युज

अमेरिकामा बेरोजगारी दर बढ्दै, अप्रिलमा ३.९ प्रतिशत पुग्यो

काठमाडौं । अमेरिकामा बेरोजगारी दर बढ्दै गएको छ । अप्रिलमा बेरोजगारी दर ३ दशमलव ९ प्रतिशत पुगेको अमेरिकी श्रम विभागले जनाएको हो ।

त्यस्तै, अप्रिलमा अपेक्षा गरेभन्दा कम १ लाख ७५ हजार जागिरहरू थपिएका छन् । विभागको श्रम तथ्याङ्क ब्युरोअनुसार स्वास्थ्य सेवा, सामाजिक सहायता र यातायात र भण्डारणमा रोजगारी प्राप्त भएको छ ।

कुल गैर–फार्म पेरोल रोजगारी अप्रिलमा १ लाख ७५ हजारले बढेको छ । जुन अघिल्लो १२ महिनामा २ लाख ४२ हजारको औसत मासिक लाभ भन्दा कम छ । फेब्रुअरीमा, बेरोजगारी दर बढेर ३.९ प्रतिशत पुगेको छ ।

जुन दुई वर्षको उच्चतम स्तर हो । मार्चमा ३.८ प्रतिशत थियो । ब्युरोले अगस्ट २०२३ देखि बेरोजगारी दर ३.७ प्रतिशतदेखि ३.९ प्रतिशतको साँघुरो दायरामा रहेको उल्लेख गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved