आयोगले दियो अशोक राईलाई दल दर्ताको प्रमाणपत्र

नेपालभ्युज

आयोगले दियो अशोक राईलाई दल दर्ताको प्रमाणपत्र

काठमाडौं । निर्वाचन आयोगले अशोक राईलाई दल दर्ताको प्रमाणपत्र दिएको छ। सोमबार आयोगले दल दर्ता गर्ने निर्णय गरेसँगै आयोगले प्रमाणपत्र उपलब्ध गराएको हो।

राई नेतृत्वको पार्टीको पूरा नाम ‘जनता समाजवादी पार्टी’ कायम भएको छ। पार्टीको केन्द्रीय कार्यालय काठमाडौंमा रहने भनिएको छ। आयोगले उपलब्ध गराएको प्रमाणपत्रमा राजनीतिक दल दर्ता नम्बर १९८ उल्लेख छ।

आयोगको सोमबार बसेको बैठकले निवेदनलाई मान्यता दिने निर्णय गरेको आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेले बताए।

‘नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन २०७३, राजनीतिक दल सम्बन्धी नियमावली २०७४ तथा प्रचलित संघीय कानुन बमोजिमका प्रावधान पालना गर्ने सर्तमा राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३३ र राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को नियम ५ बमोजिम जनता समाजवादी पार्टी … नामक राजनीतिक दल दर्ता गरी आयोगको दल दर्ता किताबमा अभिलेखीकरण गर्ने’, आयोगको निर्णयमा भनिएको छ।

आइतबार जसपा नेपाल विभाजन गरी अशोक राई पक्षले जसपाको नाममा दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved