पाकिस्तानमा ६० वर्ष यताकै भिषण वर्षा, १ सय ४४ जनाको मृत्यु

नेपालभ्युज

पाकिस्तानमा ६० वर्ष यताकै भिषण वर्षा, १ सय ४४ जनाको मृत्यु

काठमाडौं । पाकिस्तानमा ६० वर्षयताकै भिषण वर्षा भएकोे छ । गत अप्रिलमा ‘सबैभन्दा बढी वर्षा भएको छ । सन् १९६१ पछि सबैभन्दा धेरै वर्षा गत अप्रिलमा रेकर्ड भएको त्यहाँको मौसम विभागले जनाएको छ ।

विभागका अनुसार गएको अप्रिल महिनामा सामान्यभन्दा दुई गुणा बढी ५९ दशमलव तीन मिलिमिटर वर्षा भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

यो सामान्य औसत २२ दशमलव पाँच मिलिमिटरभन्दा ‘अत्यधिक’ रहेको पाकिस्तानको मौसम विज्ञान विभागले जनाएको छ ।

भारी वर्षाका कारण चट्याङ र घर भत्किँदा कम्तीमा एक सय ४४ जनाको ज्यान गएको छ । सबैभन्दा धेरै वर्षा दक्षिणपश्चिम प्रान्त बलुचिस्तानमा औसतभन्दा चार सय ७३ प्रतशित धेरै भएको रेकर्ड गरिएको छ ।

पाकिस्तानमा देखिएको अप्रत्याशित मौसम परिवर्तनका साथै सामान्यतया जुलाईमा आउने विनाशकारी मनसुनी वर्षा भन्दा अगावै भएको वर्षाका कारण सर्वसाधारण अहिलेदेखि नै त्रसित हुन थालेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved