आलेख

‘कोशी’ विरुद्धको आन्दोलन मर्दैन, त्यहाँ ‘समुचितीकरण विधि’ जरुरी छ

सबैलाई मान्य हुने र पहिचान पनि झल्किने शब्द खोज्न सकिन्थ्यो । त्यो भनेको ‘किरात’ हुन सक्थ्यो । किनकि, त्यो कुनै जाति हैन, सभ्यता भएकाले सबैलाई मान्य हुन सक्थ्यो । अर्को– ‘चोमोलुङमा’ या ‘विजयपुर’ हुन सक्थ्यो । यिनले पहिचानको झल्को पनि दिन्थे । तर, कांग्रेस–एमालेको दिमागमा पञ्चायत र महेन्द्र भूत बसेको छ । त्यसले उनीहरूको सोचमा खिया पारेको छ ।

‘कोशी’ विरुद्धको आन्दोलन मर्दैन, त्यहाँ ‘समुचितीकरण विधि’ जरुरी छ

संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रदेश–१ भनिँदै आएको देशको सुदूर पूर्वी प्रदेशलाई ‘कोशी’ नामाकरण गरेपछि पहिचान र अधिकारको आन्दोलन नयाँ ढंगले भट्किएको छ । यसक्रममा पद्म लिम्बू ‘लाजेहाङ’ नामका एक आन्दोलनकारीको मृत्यु भएको छ ।

सीमान्तकृत समुदायको पहिचान र अधिकारको आन्दोलनका उनी पछिल्ला शहीद भएका छन् । देशका सबै सीमान्तकृत समुदायका जायज माग, सवाल र आन्दोलनप्रति मेरो समर्थन छ । सर्वप्रथम त उनीप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछु ।

पहिचानको माग आज नेपालको मात्र हैन, संसारभरिकै एक राजनीतिक प्रवृत्ति बनेको छ। सन् १९९० को दशकमा पूर्वी तथा मध्य युरोपमा एकदलीय कम्युनिस्ट शासनको अन्त्य मात्र भएन, सोभियत संघ र युगोस्लाभिया टुक्रिए । युरोपभित्र बेलायतको स्कटलैन्ड, रुसको चेचेनिया र स्पेनको क्याटलोनियामा पृथकतावादी आन्दोलन देखा परे ।

सायद यिनै वा यस्तै आन्दोलनको प्रभावले होला, नेपालमा पनि डा. सीके राउतले ‘स्वतन्त्र मधेस’ को कुरा गर्दै हिँडे । खुसीको कुरा हो कि अहिले उनी त्यो विचारधारामा छैनन् । त्यो एजेन्डा छोडेर उनी मूलधारको राजनीतिमा आफ्नो भाग्य र भविष्य अजमाउँने प्रयत्न गर्दैछन्।

अपवादलाई छोड्ने हो नेपालका कुनै पनि आन्दोलनले पृथकतावादलाई समर्थन वा मलजल गरेका छैनन्। नेपालभित्रका सबै राष्ट्रिय समुदायले देशभित्रै आफ्नो अस्तित्व र पहिचानको मान्यता, सहभागिता र प्रतिनिधित्व, स्वशासन र साझेदारी शासन खोजेका छन् । 

त्यो अपवादलाई छोड्ने हो नेपालका कुनै पनि आन्दोलनले पृथकतावादलाई समर्थन वा मलजल गरेका छैनन्। नेपालभित्रका सबै राष्ट्रिय समुदायले देशभित्रै आफ्नो अस्तित्व र पहिचानको मान्यता, सहभागिता र प्रतिनिधित्व, स्वशासन र साझेदारी शासन खोजेका छन् । सुशासन र समृद्धिको आकांक्षा राखेका छन् ।

त्यो बेला अमेरिकी विद्धान फ्रान्सिस फुकुयामाले लेखेको ‘इन्ड अफ हिस्ट्री’ मा उदार लोकतन्त्रको दिग्विजयको भाष्य थियो । उदार लोकतन्त्र भन्नेबित्तिकै त्यो नागरिक राष्ट्रवादको भावनामा आधारित हुन्छ । त्यसले कोही व्यक्ति कुनै राज्यको नागरिक भएपछि स्वतः बराबर भयो, बाँकी प्रतिस्पर्धा उसको मेहनत र क्षमताको विषय हो भन्ने ठान्दछ ।

उदार लोकतन्त्रले भाषिक, सामाजिक, सांस्कृतिक विषयलाई संरचनात्मक संयन्त्र मान्दैन । त्यसले संरचनात्मक विभेद गरेको हुन सक्दछ तसर्थ ‘नागरिक अधिकार’ मात्र पर्याप्त हैन, मान्छेलाई सामाजिक, आर्थिक र पर्यावरणीय अधिकार पनि चाहिन्छ भन्ने त्यसले मान्दैन। उदार लोकतन्त्र र सहभागितामूलक–समावेशी लोकतन्त्र बीचको मुख्य भिन्नता यही हो । आज नेपालमा भइरहेको राजनीतिक लडाइँको सार पनि यही हो ।

सन् १९९६ का अर्का अमेरिकी विद्वान् स्यामुअल हन्टिङटनको किताब आयो– क्ल्यास अफ सिभिलाइजेसन । सन् १९९० देखि २०१० सम्म फुकुयामाको तर्क ठीकै हो कि जस्तो देखिएको थियो । हन्टिङटनको कुरा अतिवादी जस्तो लाग्थ्यो । तर, सन् २०१० पछिको विश्वमा संसारका सबैजसो देशमा कुनै न कुनै हिसाबले ‘पहिचानको राजनीति’ हाबी हुँदै गयो ।

पहिचानको राजनीति भन्नेबित्तिकै त्यसका दुई वटा ‘एप्रोच’, विधि वा तरिका हुन्छन् । एक– रेसिस्टेन्स अर्थात् प्रतिरोध, अर्को– एप्रोप्रिएसन अर्थात् समुचितीकरण । प्रतिरोध भनेको सम्बन्धित उत्पीडित वर्ग वा समुदायले गर्ने माग, आन्दोलन र विद्रोह हो । यस क्रममा सबै कुरा ठीकै उठेका हुन्छन् भन्ने हुँदैन ।

सायद, यही दबाबले हुन सक्दछ–तिनै फुकुयामाले ‘आइटेन्टिटीः द डिमान्ड फर डिगिनिटी एन्ड पोलिटिक्स अफ रिजेन्टमेन्ट’ लेखे । उनी आफैँले आफ्नो अघिल्लो किताबका कयौं भाष्यहरूलाई पुनर्संयोजन गरे । कतिपय आफ्ना पूर्वानुमानहरू सही सावित नभएको स्वीकार गरे ।

पहिचानको राजनीति भन्नेबित्तिकै त्यसका दुई वटा ‘एप्रोच’, विधि वा तरिका हुन्छन् । एक– रेसिस्टेन्स अर्थात् प्रतिरोध, अर्को– एप्रोप्रिएसन अर्थात् समुचितीकरण ।

प्रतिरोध भनेको सम्बन्धित उत्पीडित वर्ग वा समुदायले गर्ने माग, आन्दोलन र विद्रोह हो । यस क्रममा सबै कुरा ठीकै उठेका हुन्छन् भन्ने हुँदैन । त्यसभित्र उग्रता पनि हुन्छ, प्रतिशोधको भावना पनि हुन्छ । आवश्यकताभन्दा बढी अतिरञ्जित माग, दाबी र चाहना पनि हुन सक्दछन् । यी कमजोरीका बाबजुद त्यसको मर्म वा भावना भने सही हुन्छ।

समुचितीकरण विधिमा भने माग दाबी गर्ने उत्पीडित वर्ग वा समुदायले मात्र हैन, त्यससंग प्रत्यक्ष, परोक्ष सरोकार र सम्बन्ध राख्ने सबै पक्षले एक प्रकारको सहअनुभूति गर्दछन् । मन्थन गर्दछन् । सबैलाई मान्य हुने साझा निष्कर्षमा पुग्दछन्। त्यसक्रममा नयाँ र साझा पहिचानको जन्म पनि हुन सक्दछ।

भारतको एउटा उदाहरणमा यो कुरा बडो राम्रोगरी देख्न सकिन्छ– दक्षिण बिहारमा लामो समयदेखि झारखण्ड आन्दोलन थियो । झारखण्ड मुक्ति मोर्चा र त्यसका नेता सिबु सोरेनले लामो समयदेखि त्यो आन्दोलनको नेतृत्व गरेका थिए ।

तर, सन् १९९८ मा भाजपा नेता अटलबिहारी बाजपेयी प्रधानमन्त्री भए, उनले केही राज्य सिर्जना गरे, त्यसमा झारखण्ड पनि थियो । यसको जस भाजपाले पायो, जबकि भाजपा झारखण्डको पहिचानका लागि बनेको पार्टी थिएन नत झारखण्डको आन्दोलन नै भाजपाले कहिल्यै गरेको थियो । यही जसको कारणले त्यसपछिका दुई चुनाव लगातार झारखण्डमा भाजपाले जित्यो ।

यो उदाहरणमा झारखण्ड मुक्ति मोर्चा र सिबु सोरेनले गरेको काम प्रतिरोध हो भने भाजपा र अटलबिहारी बाजपेयीले गरेको काम समुचितीकरण हो । भाजपाको विचारधारा र पहिचान त ‘हिन्दू–राष्ट्रवाद’ हो । तर, स्थानीय तथा प्रादेशिक पहिचानलाई समेत उसले समुचितीकरण गर्ने गर्दछ । तसर्थ, मराठा भावनामा बनेको शिव सेनामाथि महाराष्ट्रमा समेत भाजपा हाबी हुन थालेको छ ।

कुनै दिन गोर्खाल्यान्डका लागि भाजपाले सहयोग गर्छ भन्ने भावना दार्जिलिङ क्षेत्रमा बलियो छ । तसर्थ, केही चुनाव यता लगातार त्यहीको लोकसभा सदस्यको चुनाव भाजपाका उम्मेद्वार जितिरहेका छन्। पछिल्लोपटक राजु विष्टले जितेका छन् ।

हामीकहाँ भने प्रतिरोध गर्ने राजनीतिक शक्ति, समूह र व्यक्तित्वहरू पनि बढी अवसरवादी देखिए । समुचितीकरण गर्ने त शक्ति नै भएन । यो ठूलो समस्या भइदियो । प्रतिरोधको पाटोबाट हेर्दा सबैभन्दा धेरै धोका माओवादीले दियो ।

उनी लोकसभामा नेपालीमै बोल्छन् । गोर्खा हकहितको कुरा गर्दछन् । भाजपाले उनलाई त्यसो गर्न कुनै रोक लगाएको वा अनुशासनको कारबाही गरेको छैन । नेपालका कांग्रेस–एमालेहरू यस मानेमा भाजपा जति पनि प्रगतिशील र लोकतान्त्रिक छैनन् ।

हामीकहाँ भने प्रतिरोध गर्ने राजनीतिक शक्ति, समूह र व्यक्तित्वहरू पनि बढी अवसरवादी देखिए । समुचितीकरण गर्ने त शक्ति नै भएन । यो ठूलो समस्या भइदियो । प्रतिरोधको पाटोबाट हेर्दा सबैभन्दा धेरै धोका माओवादीले दियो ।

हिजो नेपाल सद्भावना पार्टी, जनमुक्ति पार्टीजस्ता केही साना शक्ति थिए, जसले मधेसी र जनजाति समुदायको पहिचान, अधिकार, सहभागिता र प्रतिनिधित्वको कुरा उठाउँथे । तर, पहिचान आधारित प्रदेश सीमांकन र नामांकनको कुरा गर्ने पहिलो प्रष्ट पार्टी माओवादी थियो ।

दोस्रो संविधानसभाको चुनावसम्म त्यसले यो मुद्दा उठाएकै हो । त्यसपछि भने स्वयं यसका नेताले आत्मविश्वास गुमाए वा अवसरवाद हाबी भयो, किन यो मुद्दा उनीहरूले छोड्दै गए, त्यो उनीहरूले नै जानून्, तर माओवादीले कहीँ पनि प्रतिरोध गरेन । प्रदेशहरूको नामाकरण हुँदा सबै प्रदेशसभामा केही न केही माओवादी सदस्य थिए । तर, सुदूरपश्चिमदेखि कोशीसम्म कतै पनि माओवादीले कुनै भिन्न अडान लिएन । बरु कांग्रेस–एमालेकै सहयोगी बन्यो ।

माओवादीले यसो गर्नुका दुईवटा कारण हुन सक्दछन् । पहिलो–भोट घट्दै गएको कारणले डराउनु । जातिवादको आरोपले पार्टीको अस्तित्व नै संकटमा पर्ला भन्ने मनोवैज्ञानिक भय उत्पन्न हुनु । दोस्रो– विभिन्न पहिचानवादी समूह र पार्टीको जन्म भएको कारण त्यो मुद्दामा माओवादीको हकदाबी कमजोर हुँदै जानु ।

विशेषतः मधेसी जनाधिकार फोरमको जन्म, मधेस आन्दोलन, त्यसताका फोरम र माओवादीबीचको तिक्त सम्बन्धले गौर हत्याकान्ड जस्ता घटना हुनु । कारण जे भए पनि प्रतिरोध विधिमा केही कमजोरी अवश्य थिए, त्यसमध्ये तीनवटा कुरा गम्भीर थिए । अग्राधिकार र मुख्य कार्यकाल मुख्यमन्त्री निश्चित समुदायबाट मात्र हुने माग, दोस्रो– प्रथम र दोस्रो नागरिकको अवधारणा र तेस्रो– समग्र मधेस, एक प्रदेशको नारा ।

‘मधेस’ बाहेक अरु सबैले त्यही पञ्चायती नाम नै झुन्डाए । कतिपय त हाँस्यास्पद पनि लाग्छ । जस्तो कि, ‘सुदूरपश्चिम’ पहिचान र संघीयताका दृष्टिकोणले एक हाँस्यास्पद नाम हो । किनकि, कुनै भूगोल आफैँमा पूर्व वा पश्चिम हुँदैन ।

यथार्थमा यी तीनवटै कुरा प्रतिरोध विधिमा आएका अतिरञ्जना थिए, जसको समुचितीकरण हुन सक्थ्यो । कांग्रेस–एमालेजस्ता शक्तिले समुचितीकरणको तरिका अपनाउन सक्नुपर्दथ्यो । तर, उनीहरूले गरेनन् । गर्न चाहेनन् । जब ६ प्रदेशमा र कर्णालीको विरोधपछि ७ प्रदेशको अवधारणा आयो, संघीयताको प्रारूप त्यहीँनेरबाट विकृत भयो । पहिचानको राजनीतिले पनि ठूलो धक्का खायो ।

यसो हुनुमा सबै राजनीतिक शक्ति धेरथोर जिम्मेवार छन् । कांग्रेस–एमालेको गल्ती के भने उनीहरूले यसको गम्भीरता बुझेनन्, यथोचित समुचितीकरण गर्न चाहेनन् । माओवादीको गल्ती के भने उसले प्रतिरोध गर्ने क्षमता र इच्छाशक्ति दुवै गुमायो ।

फोरम, अन्य मधेसकेन्द्रित दल र जनजाति केन्द्रित राजनीतिक समूहको गल्ती के भने पहिलो संविधानसभाको शक्ति सन्तुलनलाई उपयोग गर्न उनीहरूले गम्भीरता अपनाएनन् । प्रतिरोध विधिका अतिरञ्जनाहरूलाई नै साकार पार्ने अडान लिएर हिँडे । त्यस्तो अडानले उनीहरूलाई नै कमजोर बनायो ।

अन्यत्रको नामाकरण हेर्दा ‘कोशी’ कुनै अनौठो भएन । किनकि, ‘मधेस’ बाहेक अरु सबैले त्यही पञ्चायती नाम नै झुन्डाए । कतिपय त हाँस्यास्पद पनि लाग्छ । जस्तो कि, ‘सुदूरपश्चिम’ पहिचान र संघीयताका दृष्टिकोणले एक हाँस्यास्पद नाम हो ।

किनकि, कुनै भूगोल आफैँमा पूर्व वा पश्चिम हुँदैन । केन्द्र वा सुदूर हुँदैन । त्यो त काठमाडौंको आँखामा हो, संघीयता र पहिचानको आन्दोलनले आफूलाई अर्काको आँखाबाट हैन, आफूले आफूलाई आफ्नै धारणाबाट हेर्न पर्ने हो । त्यो भन्दा त त्यो प्रदेशको नाम डोटी, खप्तड, अछाम, सैपाल, यस्तै केही उपयुक्त हुन सक्दथ्यो होला । जो त्यहीको स्थानीयता र भाषाबाट उब्जिएका शब्द थिए ।

कर्णाली, गण्डकी, बाग्मती, लुम्बिनी पनि पञ्चायतकालमा अञ्चलका लागि प्रयोग भएका नाम हुन् । यी नामको त्यहाँ खासै विरोध भएन तर, कोशीको चाहिँ किन विरोध भयो वा हुँदैछ भन्ने बुझ्न आवश्यक छ ।

मधेसपछि पहिचानको आन्दोलन बलियो भएको प्रदेश यही नै हो । त्यो क्षेत्रमा पञ्चायतकालदेखि नै लिम्बुवान, खम्बुवान आन्दोलन थिए । झापाको भद्रपुर, मोरङका विराटनगर र रंगेली सुनसरीका दुहबी, इनरुवा, लौकही क्षेत्र मधेस आन्दोलनका ठूला केन्द्र थिए ।

प्रदेश–१ मा भाषिक साँस्कृतिक, विविधता, मौलिक भौगोलिक क्लस्टर अद्यापि जीवित छन् । त्यहाँ सांस्कृतिक सहिष्णुता र परस्पर सम्मानको भावना पनि उत्तिकै छ । त्यहाँ कुनै पहिचानको नाम नै दिइएको थियो भने पनि कुनै समुदायले विरोध गर्ने थिएन । त्यो केवल कांग्रेस–एमालेजस्ता दलको राजनीतिक पूर्वाग्रह मात्र थियो ।

यो प्रदेशका सबैजसो क्षेत्र, समुदाय र मनोविज्ञानसँग मैले व्यक्तिगत जीवनमा पनि राम्रो हेलमेल, अन्तर्क्रिया गर्ने अवसर पाएँ । त्यसैले त्यहाँको यथार्थ केही मात्रामा बुझ्दछु जस्तो लाग्दछ । म झापाको दक्षिणी क्षेत्र गच्छेमारी भन्ने गाउँमा जन्मेको हुँ । यो मूलतः कोशी–मेची नदी बीचमा हुने जातीय समुदाय धिमाल, सतार, राजवंशी, गनगाईआदिको क्षेत्र हो । ती जातीलाई ‘कोचे–मेचे’ वा ‘कोचिला’ जाति भन्ने गरिन्छ ।

बाल्यकालको केही हिस्सा भोजपुरको कटुन्जे भन्ने गाउँमा बिताएँ । त्यो ‘माझ किरात’ हो । स्थानीय बोलीचालीको भाषामा त्यसलाई माझ किरात नै भनिन्छ अहिले पनि । त्यसपछि सुनसरीको मानपुर गाउँमा बसाइँ आयौँ । हामी बसाइँ आउँदा त्यो गाउँमा ८० प्रतिशत थारू र २० प्रतिशत जति मात्र अन्य जातिको बसोवास थियो ।

पूर्वी तराईमा वैशाख महिनाभरि ठाउँ सरीसरी, घुमीघुमी मेला लाग्दछ । यी मेलालाई सिरुवा मेला भनिन्छ । मूलतः यो थारू–संस्कृति हो । तर, सबै जातीय, भाषिक तथा सांस्कृतिक समुदाय उत्तिकै संलग्न हुन्छन्।

धरानमा पढ्न बस्दा लिम्बुवानी इतिहास, भाषा र संस्कृतिको ज्ञान र गहिरो अनुभूति भयो । लिम्बूवानको राजधानी विजयपुर हाम्रो दैनिकजसो घुमफिर गर्ने क्षेत्र थियो । धराने युवायुवती अमर प्रेमका लागि बुढासुब्बाको बाँसमा नाम खोप्छन् । बुढासुब्बालाई सबै जातीय समुदायका मानिसले उत्तिकै सम्मान र श्रद्धा गर्दछन् । पछि सुनसरीकै इनरुवामा १२ वर्ष शिक्षण गरेँ। कक्षा कोठामा ६० प्रतिशत विद्यार्थी मधेसी समुदायका हुन्थे ।

म यो कुरा बडो आत्मविश्वास र दाबीका साथ भन्न सक्दछु– कोशी पूर्वका यी कुनै पनि जातीय समुदाय एक-आपसमा लड्न, जातीय घृणा गर्न, कुनै प्रकारको सम्प्रदायिक दंगा वा हिंसा भड्काउन चाहँदैनन् ।

कोशी पूर्वमा जातीय कट्टरता, यहाँसम्म कि छुवाछूतको भावनासमेत देशका अन्य भागको तुलनामा निकै कम छ । कम्तीमा सार्वजनिक जीवनमा त्यसो गर्ने आँट कसैले गर्दैन । कसैले त्यसो गर्यो भने आफैँ मुर्ख वा बेबकुफ बन्छ, समाजले उसैलाई नराम्रो मान्छ । त्यतिसम्मको सामाजिक प्रगति त्यहाँ छ ।

त्यसो भए अब प्रश्न उठ्न सक्दछ, फेरि त्यही पहिचानको आन्दोलन किन बलियो छ त ? किनकि त्यहाँका मान्छेहरू आफ्ना असल परम्परा, मूल्यमान्यता, भाषा, संस्कृति, चालचलन र भौतिक अभौतिक सम्पदाहरूको जर्गेनाप्रति संवेदनशील छन् । ती नसकिउन्, नमासिउन् भन्ने भावना बलियो छ । इतिहास चेतको भावना बलियो छ । राजकीय संरक्षण र प्रचलनमा नहुँदा नहुँदै पनि जनस्तरमा स्थानीय भाषाहरू अहिले पनि उत्तिकै बलिया छन् ।

कुनै एउटा मात्र भाषा बोल्न जानेर त्यहाँ मान्छेको जिन्दगी, जीवन व्यवहार चल्न, चलाउन गाह्रो छ । बोल्न नजाने पनि कम्तीमा बुझ्नचाहिँ सक्दछन् । अर्थात् कोशी पूर्वको नेपालमा आधुनिकता र इतिहासप्रतिको सचेतना दुवै बलियो छ । बहुभाषिकताको अभ्यास मान्छेको दैनिक जीवनमै छ ।

पहिलो संविधानसभा निर्वाचनको पृष्ठभूमिमा त्यहाँ थुप्रै स्थानीय आन्दोलन थिए । लिम्बुवान आन्दोलनभित्रै आधा दर्जन समूह थिए । खम्बुवान आन्दोलन थियो । कोच, मधेस, थारूवान आन्दोलन थिए । अन्य जातीय संगठन र आन्दोलनहरू थिए । भाषिक, साँस्कृतिक, साहित्यिक, कला, संगीत र नाट्य आन्दोलन थिए ।

मित्र केशव दाहाल, दिनेश श्रेष्ठ दाइलगायत हामी केहीले त्यस्ता धेरै समूहलाई एकै ठाउँमा ल्याएर लामोलामो छलफल गर्थ्यौं, गराउँथ्यौं । ३ दिन ५ दिनसम्मको । ताप्लेजुङदेखि गाइघाटसम्म त्यस्ता कार्यक्रम गरेका थियौं । उनीहरूका सोच बीच साझा मुद्दा के छन् वा छैनन् भनेर बुझ्न खोज्दथ्यौं । बढो गज्जब, ज्ञानपूर्ण र आनन्दायक लाग्थे त्यस्ता भेटघाट र अन्तर्क्रिया ।

यहाँनेर एक अर्को प्रश्न उठाउन सकिन्छ– यदि, त्यो क्षेत्रको मनोविज्ञान त्यस्तो छ भने फेरि पहिचानवादी धारका दलले राम्रो भोटचाहिँ किन पाउँदैनन् त ? नि:सन्देह यो गम्भीर प्रश्न हो । र यसभित्र कुनै आश्चर्यजनक रहस्य भने छैन ।

कुनै एउटा मात्र भाषा बोल्न जानेर त्यहाँ मान्छेको जिन्दगी, जीवन व्यवहार चल्न, चलाउन गाह्रो छ । बोल्न नजाने पनि कम्तीमा बुझ्नचाहिँ सक्दछन् । अर्थात् कोशी पूर्वको नेपालमा आधुनिकता र इतिहासप्रतिको सचेतना दुवै बलियो छ । बहुभाषिकताको अभ्यास मान्छेको दैनिक जीवनमै छ ।

मान्छेहरू कांग्रेसमा हुन् वा एमालेमा, माओवादीमा हुन् वा यहाँसम्म कि राप्रपामा कुनै न कुनै तबरले पहिचानको मुद्दा सम्बोधन भइदिए हुन्थ्यो भन्ने चाहना राख्दछन् । त्यो सामान्य मतदाताले मात्र हैन, पार्टीका नेता, कार्यकर्ता र यहाँसम्म कि तिनै प्रदेश सभा सदस्यको मनमा पनि त्यस्तो भावना बलियो हुन्छ।

तर, त्यो राजनीतिक ध्रुवीकरणमा भने जाँदैन । अर्थात् त्यहाँको राजनीतिक ध्रुविकरण विचारधारात्मक छ। पहिचानप्रतिको मोह इतिहास चेत हो, राजनीतिमा वैचारिक ध्रुवीकरण आधुनिकताको भावना हो । यी दुवै प्रवृत्ति एउटै मान्छेको मनमा त्यहाँ सँगसँगै छन् । सबै चाहन्छन् कि, राजनीति साम्प्रदायिक नहोस । अर्को कारण भने मातृपार्टी भावना हो । करिब १ शताब्दी हुन लाग्यो, मान्छे कांग्रेस कम्युनिस्ट भएका । हजुरबाका पालादेखि पक्रेको विचार, लागेको पार्टी भन्ने भावना छ । तर, यो भावना विस्तारै भत्किँदैछ ।

यसो हुनुको तेस्रो कारण पनि छ– पहिचानवादी भनिने दलमा देखिने टुटफुट र अवसरवाद । यो प्रवृत्तिले पहिचानवादी मतलाई एक ठाउँमा हुनै दिँदैनन् । पार्टी बन्न बन्न खोज्छ । नेताहरूले भत्काइ हाल्छन् । जस्तो कि, जसपा बन्यो । त्यो एकीकृत रहेको भए मेरो विश्वास छ त्यो प्रदेशको तेस्रो ठूलो पार्टी हुन्थ्यो । कांग्रेस र एमालेपछिको । माओवादी र राप्रपाभन्दा पनि ठूलो हुने सम्भावना थियो जसपा ।

तर, नेताहरूले एक चुनाव नलड्दै फेरि तीन टुक्रा पारे । अर्कोतिर पहिचान विरोधी भनिएको एमालेसँग तालमेल गरे । यी र यस्ता धेरै कारणले गर्दा पहिचानवादी दलको भोट एकिकृत हुने नैतिक र राजनीतिक आधार नै बनेन ।

कतिपयले यो बहस गर्दछन् कि पहिचान, संघीयता र समावेशितामध्ये कुन प्रमुख हो ? संघीयता र समावेशिता भए पुग्नपर्ने, यो पहिचानले साम्प्रदायिकता र जातिवादतिर लाने हो कि ? यो चिन्ता जायज छ । यदि, त्यसो भयो भने नराम्रो नै हुने छ । तर, प्रदेश–१ को संरचना र मनोविज्ञान हेर्दा त्यसो होलाजस्तो लाग्दैन । यो यस्तो क्षेत्र हो जहाँ पहिचानको भावना पनि कहिल्यै मर्दैन र जातीय असहिष्णुता पनि कहिल्यै हुँदैन ।

हाम्रो दिमागमा यसबारे बढो विचित्रको विरोधाभाष वा पूर्वाग्रह छ । ‘जैविक विविधता’ को कुरा भयो भने खुसी हुन्छौं । आँप, कटहर, अम्बा, अंगुर, काफल, ऐंसेलु सबै जोगिने भए, खान पाइने भइयो भन्ने खालको भाव पैदा हुन्छ । ‘मानवीयता विविधता’ को कुरा भयो भने डराउँछौं ।

पहिचान त अस्तित्वको आधारभूत चरित्र हो नि । संघीयता त्यसलाई सम्बोधन गर्ने संचरना र समावेशीता तरिका वा कला । यी चिज एक-अर्काबाट भिन्न छँदै छैनन् । एउटा उदाहरणमा भनौं– गाँजर, मूला, काँक्रो, प्याज आदि पहिचानजस्तो हुन् । संघीयता प्लेट जस्तो हो । समावेशिता ‘मिक्स ग्रिन सलाद’ जस्तो हो ।

यदि गाँजर, मूला, काँक्रो, प्याज नै सकियो भने प्लेटले मात्रै मिक्स सलाद बन्दैन । तर, तसर्थ पहिचानहरूको संरक्षण र ‘रिकोज्निसन’ जरुरी छ । त्यसको अर्थ ती एक आपसमा लडून् भनेर हैन । कुनै जातीय विद्वेष, संर्कीणता, साम्प्रदायिकता होस् भनेर हैन ।

हाम्रो दिमागमा यसबारे बढो विचित्रको विरोधाभाष वा पूर्वाग्रह छ । ‘जैविक विविधता’ को कुरा भयो भने खुसी हुन्छौं । आँप, कटहर, अम्बा, अंगुर, काफल, ऐंसेलु सबै जोगिने भए, खान पाइने भइयो भन्ने खालको भाव पैदा हुन्छ । ‘मानवीयता विविधता’ को कुरा भयो भने डराउँछौं । यो बिर्सन्छौं कि मानवीय विविधता पनि जैविक विविधताकै एक पाटो हो ।

पूर्वका राई, लिम्बूहरू धेरै लाहुर गएका छन् । पछिल्लो पुस्ताका पनि थुप्रै विदेश गएका छन् । संसार देखेका छन् । भूमण्डलीकरणको महत्त्व बुझेका छन् । फराकिलो सोच र भूमण्डलीकरणको फाइदाबाट लाभान्वित पनि छन् । तसर्थ, साँघुरो संर्कीणतामा जाने सम्भावना छैन भने हुन्छ ।

अझ रोचक कुरा– पहिचानको आन्दोलन र क्रियाकलापमा लगानी गर्ने आर्थिक क्षमता पनि राख्दछन् । यो पाटो बिर्सन मिल्दैन। प्रदेश–२ लाई ‘मधेस’ भने जस्तै प्रदेश–१ लाई कुनै एउटा पहिचानको नामबाट सम्बोधन गर्न भने सजिलो थिएन । किनकि, त्यहाँ खस–आर्यका अतिरिक्त अन्य ६ वटा भावना बलिया छन्।

हिमालमा शेर्पालुङ भावना छ । अरुणपूर्व लिम्बुवान भावना छ । अरुण पश्चिममा खम्बुवान भावना छ । झापा र पूर्वी मोरङमा कोच भावना छ । पश्चिम मोरङ र सुनसरी उत्तरतिर थारूवान भावना छ । मोरङ र सुनसरीका दक्षिणी भेगमा मधेसी भावना छ । सबैतिर छरिएको खसआर्यसमेत गर्दा सातवटा मुख्य भावना छन् । अन्य साना र अल्पसंख्यक समुदाय अनगिन्ती छन् । यी सबैको भावनालाई एउटै सझा पहिचानको नाममा कसरी ल्याउने ?

त्यसै, नामांकनमा प्रतिरोध विधिबाट मात्रै त्यहाँको समस्या हल हुँदैन । किनकी, त्यहाँ सीमांकन मै समस्या छ । कम्तीमा ४ वटा प्रदेश चाहिन्छ । त्यसो गर्दा फेरि प्रदेशको संख्या बढ्छ । खर्च बढ्छ भन्ने तर्क आउँला । यो बडो दु:खको कुरा छ कि नेपालमा संघीयता पक्षधर नै प्रदेश बढ्दा खर्च बढ्छ भन्दै आफै उल्टो कुरा गर्दै हिँड्छन् ।

मेरो विश्लेषण विधि र हिसाबकिताबमा त संघीयताले बढ्ने हैन, खर्च घट्छ । टेबलमा बसौं, म क्यालकुलेटरमा हिसाब गरेर देखाइदिन्छु भनेर मैले एकाध ठाउँमा सार्वजनिक भाषण पनि गरेँ । तर, त्यसका लागि प्रारूप परिवर्तन गर्नुपर्‍यो । अहिलेकै मोडेल राख्ने हो भने खर्च बढ्छ । तर, के यो अहिलेको मोडेल पहिचानवादीले मागेको, संघीयता पक्षधरहरूले मागेको, चाहेको मोडेल हो र ? यो त कांग्रेस–एमालेको मोडेल हो ।

प्रदेश– १ लाई अहिलेकै सीमांकन र संरचनामा कुनै साझा पहिचानको नाममा ल्याउँन नसकिने हुँदा तेस्रो तरिका अपनाउन सकिन्थ्यो । सबैलाई मान्य हुने र पहिचान पनि झल्किने शब्द खोज्न सकिन्थ्यो ।

कसैलाई नचाहिएको खर्च बढ्ने अहिलेको जस्तो मोडेलको जिम्मा त उनीहरूले लिनु पर्यो । हाम्रो मोडेलमा हो भने खर्च बढ्दैन, उल्टै घट्छ, त्यो कसरी ? त्यसलाई अकिलति अर्थशास्त्रीय कोणबाट पृष्ठभूमि सहित पर्गेल्न पर्ने हुन्छ । यहाँ लामो होला, त्यसको भिन्नै चर्चा गरौँला ।

प्रदेश– १ लाई अहिलेकै सीमांकन र संरचनामा कुनै साझा पहिचानको नाममा ल्याउँन नसकिने हुँदा तेस्रो तरिका अपनाउन सकिन्थ्यो । सबैलाई मान्य हुने र पहिचान पनि झल्किने शब्द खोज्न सकिन्थ्यो । त्यो भनेको ‘किरात’ हुन सक्थ्यो । किनकि, त्यो कुनै जाति हैन, सभ्यता भएको हुँदा सबैलाई मान्य हुन सक्थ्यो ।

अर्को– ‘चोमोलुङमा’ हुन सक्थ्यो । अर्को शब्द– ‘विजयपुर’ हुन सक्थ्यो । यिनले पहिचानको झल्को पनि दिन्थे, सबैलाई मान्य पनि हुन सक्थे । यस्ता अरु पनि थुप्रै शब्द खोज्न सकिन्थ्यो । तर, कांग्रेस–एमालेको दिमागमा पञ्चायत र महेन्द्र भूत बसेको छ । त्यसले उनीहरूको सोचमा खिया पारेको छ । कुनै नयाँ रचनात्मक बिकल्प उनीहरू सोच्नै चाहँदैनन् ।

विजयपुर– शब्दमा विचित्रको साझापन छ । राईहरू त्यसलाई बुद्धिकर्ण रायसँग जोड्दछन् । लिम्बूहरू लिम्बूवानको राजधानी शहर वा किल्लाको नाम मान्दछन् । कोचहरू कुचबिहारी राजकुमार विजयनारायणको नामबाट बनेको ठान्दछन्। कोशी पूर्वका थारूहरू आफूलाई ‘कोचिला’ थारू भन्दछन्, उनीहरूमध्ये धेरैको इतिहास मिथिला र मधेसतिर हैन, विजयपुरतिरै जोडिन्छ ।

खसआर्यहरूले विजयपुरमा कुनै आपत्ति गर्ने थिएनन् । कोशी पूर्वको मधेसी समुदायमा भने एकप्रकारको ‘माइन्ड सेट’ बनेको छ । देशको कुनै भागमा ‘मधेस’ भइसक्यो ठीकै छ भन्ने भावना बनेको छ । अर्को तरिका भारत विभाजित हुँदा ‘पाकिस्तान’ बनेजस्तो गरी कुनै नयाँ शब्द सिर्जना गर्न सकिन्थ्यो । पाकिस्तान आफैँमा एक मौलिक र पूर्ण शब्द हैन । पञ्जापको पी, अफगानको ए, कश्मिरको के, सिन्धको एस र बलुचिस्तानको स्तान जोडेर बनाइएको हो ।

तर, यी अल्पकालीन विधि हुन् । दीर्घकालमा त प्रदेश–१ को सीमांकन नै नयाँ ढंगले गर्न जरुरी छ । अन्यथा असन्तुष्टिको आगो दशकौंसम्म जस्ताको त्यस्तै रहन सक्दछ। समग्रमा भन्ने खोजेको कुरा– सबैले के बुझ्न जरुरी छ भने त्यहाँ ‘रेसिस्टेन्स एप्रोच’ अर्थात् प्रतिरोध विधिका सीमा छन्, ‘एप्रोप्रिएसन एप्रोच’ अर्थात् समुचितीकरण विधिमा ढिलोचाँडो जानै पर्दछ ।

(कुराकानीमा आधारित)


Comment

One thought on “‘कोशी’ विरुद्धको आन्दोलन मर्दैन, त्यहाँ ‘समुचितीकरण विधि’ जरुरी छ

  1. मेरो मनमस्तिष्कमा पनि यिनै र यस्तै कुराहरू खेल्छन् जसलाई लागू गर्दा नै सबैका लागि आहा हुन्छ भन्ने लाग्छ तर माओवादीले उठाएको पहिचानको मुद्दामा सर्बस्व जस्तै लगानी गरेपनि पहिलो संविधानसभाबाट ६०१ मा ४१९ काे हस्ताक्षर सहित ठुलो जनदबाब हुदा पनि प्रचण्डले के पि काे माैण समर्थक बनी आफैंले उठाएको मुद्दा नजिकैको संविधान जारी गर्न इच्छा नदेखिएकाले प्रचण्ड र उनको पार्टी प्रति पचक परेको छ । लगानी कर्ता सबैले प्रचण्डलाई घाती भनेर बुझ्छन् तर भरपर्दो अर्को विकल्प पनि पाएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved