रोहित बने ‘प्लेयर अफ द सिरिज’, कसले के अवार्ड जिते ?

नेपालभ्युज

रोहित बने ‘प्लेयर अफ द सिरिज’, कसले के अवार्ड जिते ?

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’बीचको पाँच खेलको टी-२० सिरिजको ‘प्लेयर अफ द सिरिज’ नेपालका कप्तान रोहितकुमार पौडेल भएका छन् ।

उनले १ शतक र २ अर्धशतकसहित २६५ रन बनाएका छन् । साथै, उनले २५ हजार रुपैयाँ नगर पुरस्कार पाएका छन् ।

यस्तै, सिरिजको वेस्ट ब्याटरको अवार्ड वेस्ट इन्डिज ‘ए’का जोनसन चाल्सले पाएका छन् । उनले सिरिजमा २१२ रन बनाए ।

र, वेस्ट बलरको अवार्ड ओबेद म्याककोइले पाए । उनले सिरिजमा ८ विकेट लिए ।

अन्तिम खेलमा ‘प्लेयर अफ द म्याच’ नेपालका सागर ढकाल भए । उनले १५ हजार रुपैयाँ पुरस्कार पाए ।

सिरिज वेस्ट इन्डिज ‘ए’ले ३-२ ले जितेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved