मतदानका लागि देशैभरि तयारी, यस्ता छन् मतदानस्थल (तस्वीरहरू)

मतदानका लागि देशैभरि तयारी, यस्ता छन् मतदानस्थल (तस्वीरहरू)

काठमाडौं। मङ्सिर ४ गते हुने प्रतिनिधि एवं प्रदेशसभा चुनावको लागि आवश्यक पर्ने मतदान केन्द्रको निर्माण देशभरि भइरहेको छ । आइतबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म हुने मतदानका लागि निर्वाचन आयोगले १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताको लागि देशभर २२ हजार २२७ मतदान केन्द्र तोकेको छ ।

यसपटक निर्वाचन आयोगले कैद भुक्तान गरिरहेका तथा विभिन्न कारणले आफ्नो तोकिएको क्षेत्रमा जान नपाएका प्रहरी एवं सरकारी कर्मचारीको लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्नको लागि १४१ अस्थायी मतदान केन्द्र पनि तोकेको छ । यसरी यी केन्द्रबाट मतदान गर्न पाउने अस्थायी मतदाताको सङ्ख्या करिब ४ लाख ५० हजार भएको निर्वाचन आयोगले जनाएको छ ।

आइतबारको मतदानका लागि निर्वाचन आयोगले मतपेटिकालगायत अन्य विभिन्न सामग्री बिहीबार नै मतदान अधिकृतको कार्यालयमा पठाइसकेको र शुक्रबार भने मतपत्र सम्बन्धित केन्द्रमा पठाइएको थियो ।

यस पटकको चुनावको लागि निर्वाचन आयोगले करिब २ लाख ४६ हजार ९६० कर्मचारी एवं आवश्यकता अनुसारका सुरक्षाकर्मी मतदान स्थलमा खटाइसकेको छ ।

देशका विभिन्न स्थानमा बनाइएका केही मतदानस्थल तस्वीरमा हेरौं । 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved