मधेसमा राष्ट्रिय सभाका दुई सदस्यका लागि मतदान जारी

मधेसमा राष्ट्रिय सभाका दुई सदस्यका लागि मतदान जारी
मुख्यमन्त्री सरोजकुमार यादव

जनकपुरधाम । राष्ट्रिय सभाको १९ सिटका लागि आज निर्वाचन हुँदै छ । सातवटै प्रदेशमा आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।

मधेस प्रदेशमा दुई राष्ट्रिय सभा सदस्यका लागि जनकपुरधामको महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा बिहान ९ बजेदेखि मतदान जारी छ । मधेश प्रदेशमा अन्य र महिला समूह तर्फ दुई राष्ट्रिय सभा सदस्यका लागि पाँचजनाको उम्मेदवारी परेको छ ।

सत्ता गठबन्धन तर्फ कांग्रेसबाट अन्य तर्फ आनन्द प्रसाद ढुंगाना र महिला तर्फ जसपाकी पूजा चौधरीको उम्मेदवारी परेको छ । ढुंगाना धनुषाका हुन् भने चौधरी रौतहटका हुन् ।

एमालेबाट अन्य तर्फ विजेता झा र महिला तर्फ उषा देवी थरुनी उम्मेदवार छन् । झा धनुषाकी हुन् भने थरुनी पर्साकी हुन् । जनमत पार्टीले मधेस प्रदेशमा अन्य समूहमा रामशंकर महासेठलाई उठाएको छ । यहाँ प्रदेशसभाका १०७ र पालिका प्रमुख र उपप्रमुख गरी २६७ मतदाता छन् ।

पालिका प्रमुख उपप्रमुखको मतभार ५ हजार ५३ र प्रदेश सांसदको ५ हजार ६७१ गरी जम्मा १० हजार ७२४ मतभार छ ।

मतदान सकिए लगत्तै मत गणना सुरु हुने र आजै नतिजा सार्वजनिक गर्ने प्रमुख  आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिए । उनका अनुसार निर्वाचनको नतिजा ३–४ घण्टाभित्र सार्वजनिक हुने छ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved