बर्दिवासले ल्यायो १ अर्ब २२ करोडको बजेट : लैंगिक समानतातर्फ १ करोड ७८ लाख विनियोजन

बर्दिवासले ल्यायो १ अर्ब २२ करोडको बजेट : लैंगिक समानतातर्फ १ करोड ७८ लाख विनियोजन

जनकपुरधाम । महोत्तरीको बर्दिवास नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब २२ करोड ४० लाख १० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

मंगलबार नगरसभाको १६ औं अधिवेशनमा उपप्रमुख तारादेवी महतोले पूर्वाधार विकास, वडास्तरीय योजना र सामाजिक क्षेत्रलाई प्राथमिकता दिँदै बजेट सार्वजनिक गरेकी हुन् ।

संघीय सरकारअन्तर्गतको वित्तीय समानीकरणबाट ८७ करोड ४५ लाख ५८ हजार ५१० र प्रदेश सरकारबाट ४ करोड ५३ लाख ६३ हजार ७२० रुपैयाँ उपलब्ध हुने अनुमान छ । यस्तै आन्तरिक आयतर्फबाट २५ करोड ४० लाख ८७ हजार ७७० प्राप्त हुने तथा संघीय सरकार, मधेस प्रदेश सरकार र नगरपालिकाको आन्तरिक आयबाट कुल चालु आव ०८१/०८२ बाट बचत भई अनुमानित मोज्दात ५ करोड गरी ०८२/८३ को अनुमानित बजेट १ करोड २२ करोड ४० लाख १० हजार रुपैयाँ हुने अनुमान गरिएको छ ।

यसैगरी चालु बजेटतर्फ नगरपालिकाको कार्यालय, वडा कार्यालय कार्य सञ्चालन तथा अन्य प्रशासनिक एवं पूँजीगत खर्चतर्फ २३ करोड ६३ लाख विनियोजन गरिएको छ । त्यस्तै बर्दिवास अस्पताल, स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत करार तथा ज्यालादारी कर्मचारीको तलब–भत्ता तथा अन्य स्वास्थ्य उपकरण औषधि खरिद् लगायतका कार्यक्रमका लागि लागि ६ करोड ३२ लाख ७५ हजार विनियोजन गरिएको छ ।

त्यसैगरी पूँजीगत तथा विकास बजेटतर्फ नगरका विभिन्न सडक कालोपत्रे, ढलान तथा स्तरोन्नति गर्न सडक निर्माणतर्फ ५ करोड ६ लाख १५ हजार छुट्याइएको छ । साथै संघीय सरकारका समपुरक अन्तर्गतका योजनाहरूमा कार्यालयबाट लागत साझेदारी गर्न नगरपालिकाको म्याचिङ फन्डमा ३ करोड रुपैयाँ प्रस्ताव गरिएको छ ।
शिक्षातर्फ २ करोड ५० लाख र खेलकुदका लागि ४० लाख रुपैयाँ विनियोजन प्रस्ताव गरिएको छ ।

खानेपानी तथा सरसफाइतर्फ ८५ लाख, जलस्रोत तथा सिँचाइतर्फ ६८ लाख, पर्यटनतर्फ ४० लाख, भवन तथा सहरी विकासतर्फ २ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तै लैंगिक समानता र सामाजिक सशक्तीकरण तर्फ १ करोड ७८ लाख, सहकारीतर्फ ५ लाख, कृषि–पशुपंक्षीतर्फ ४ करोड, न्यायिक समितितर्फ १० लाख, विपद् व्यवस्थापनतर्फ ८१ लाख ७५ हजार, उर्जा तथा ग्रामिण विधुतीकरणमा १२ करोड २५ लाख ४५ हजार विनियोजन गरिएको उपप्रमुख महतोले पेस गरेको बजेट वक्तव्यमा उल्लेख छ ।

नगर प्रमुख प्रह्लादकुमार कार्कीले राजनीतिक दल, उद्योगी, व्यवसायी र नागरिक समाजसँगको वृहत् छलफल र सहमतिबाट बजेट निर्माण गरिएको बताए । बजेटले समृद्ध नगर बनाउने अभियानमा सघाउ पुग्ने अपेक्षा गरिएको उल्लेख गरे ।

यस्तै औरही नगरपालिकाले पनि आगामी आव २०८२/०८३ का लागि ४५ करोड २७ लाख ७७ हजारको अनुमानित बजेट प्रस्ताव सार्वजनिक गरेको छ ।

त्यसैगरी गौशाला नगरपालिकाले पनि मंगलबार नै १ अर्ब १५ लाख ५ हजार ५००, सोनमा गाउँपालिकाको ४९ करोड ३८ लाख र बलवा नगरपालिककाको ५२ करोड ९१ लाख ९४ हजार ५७६ रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved