गर्भावस्थामा दलिया खाँदा हुन्छन् यस्ता फाइदा

नेपालभ्युज

गर्भावस्थामा दलिया खाँदा हुन्छन् यस्ता फाइदा

एजेन्सी । दलिया स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । प्रेग्नेन्सको बेला यसलाई खाँदा महिलाहरुका लागि एकदमै धेरै फाइदाहरु प्राप्त हुन्छन् ।

यसलाई खानाले तौल नियन्त्रण रहनुका साथै ऊर्जा पनि आइरहन्छ । आउनुहोस् जानौं गर्भावस्थामा दलिया खानुका फाइदा ।

– गर्भावस्थामा दलियाको सेवन गरेमा तौल नियन्त्रण हुन्छ । दलिया खाँदा तपाईंको पेट लामो समयसम्म भरिन्छ जसले गर्दा धेरै खानाको तलतल पनि कम हुन्छ ।

– गर्भावस्थामा महिलाहरुले स्वस्थ तथा सजिलै पच्ने खालको खानेकुरा खानु पर्दछ । त्यसका लागि पनि दलिया एकदमै राम्रो विकल्प हो । यसलाई पचाउन सजिलो हुन्छ साथै कब्जियतको समस्या पनि रहँदैन ।

– गर्भावस्थाको बेला कतिपय समयमा थकान तथा शरीर सुस्त हुने गर्छ । त्यस्तोमा दलियाको सेवनले तपाईंको थकान कम हुन्छ साथै शरीर ऊर्जावान हुन्छ ।

– यदी तपाईंलाई गर्भावस्थाको समयमा मधुमेहको समस्या देखिएको छ भने पनि तपाईं दलियाको सेवन गर्न सक्नुहुन्छ । यसले रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्दछ ।

-दलियाको सेवनले मांसपेशीहरु बलियो हुन्छन् । यसमा राम्रो मात्रामा प्रोटिन हुन जसले मांसपेशीहरुलाई स्वस्थ राख्ने काम गर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved