बारामा उपेन्द्र यादवलाई ३१ सय मतको अग्रता, रमेश खरेल चौथोमा

नेपालभ्युज

बारामा उपेन्द्र यादवलाई ३१ सय मतको अग्रता, रमेश खरेल चौथोमा

काठमाडौं । बारा २ मा गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मतान्तर बढाउँदै छन् ।

उपेन्द्र यादव अहिले आफ्ना नजिकका प्रतिष्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाह भन्दा ३ हजार १ सय मतले अघि छन् । यादव ९ हजार ८ सय ७० मतसहित अग्रस्थानमा छन् ।

उनलाई पछ्याइरहेका जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले ६ हजार ७ सय ७० मत पाएका छन् । कुशवाहाको यो मत उपेन्द्रको भन्दा ३ हजार १ सय मतले कमी हो ।

तेस्रोमा रहेका नेकपा (एमाले) का उम्मेदवार पुरुषोत्तम पौडेलले १ हजार ३ हजार ७ सय मत पाएका छन् । सुरुवातदेखि नै तेस्रो स्थानमा रहेका उनी अहिले पनि तेस्रो स्थानमा छन् ।

बलियो प्रतिस्पर्धीको रूपमा हेरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रमेश खरेल ११ सय ७४ मतसहित चौथोमा सीमित भएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved