टी-२० सिरिज : आज नेपाली महिला टिम र तान्जानिया भिड्ने

नेपालभ्युज

टी-२० सिरिज : आज नेपाली महिला टिम र तान्जानिया भिड्ने

काठमाडौं । चार देशीय टी-ट्वेन्टी सिरिजको उद्घाटन खेलमा आज नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले तान्जानियासँग भिड्न लागेको  छ।

हङकङमा नेपाली समयअनुसार बिहान सवा ७ बजे सुरु  हुने सिरिजमा नेपाल र तान्जानिया भिड्न लागेका हुन्।

तान्जानिया आईसीसी महिला टी–ट्वेन्टी वरियताको १९ औँ स्थानमा छ भने नेपाल २१ औँ स्थानमा छ।

इन्दु बर्मा कप्तान बनेसँगै नेपालले पहिलो अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो।

नेपाल र तान्जानियासँगै आयोजक हङकङ र जापान पनि सिरिजमा सहभागी छन्।

सिरिजमा आजै दिउँसो पौने १२ बजे जापानले आयोजक टोलीको सामना गर्ने छ।

नेपालले दोस्रो खेल कात्तिक ३० गते जापानसँग खेल्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved