सोभियत युनियनका पूर्व राष्ट्रपति मिखाइल गोर्बाचेभको ९१ वर्षको उमेरमा मृत्यु

सोभियत युनियनका पूर्व राष्ट्रपति मिखाइल गोर्बाचेभको ९१ वर्षको उमेरमा मृत्यु भएको छ ।  उनको पहलले रक्तपातबिना शीत युद्धको अन्त्य गर्न मद्दत गरेको मानिन्छ । उनी सोभियत संघका अन्तिम जीवित पूर्व राष्ट्रपति थिए।

नेपालभ्युज

सोभियत युनियनका पूर्व राष्ट्रपति मिखाइल गोर्बाचेभको ९१ वर्षको उमेरमा मृत्यु

मस्को।  सोभियत युनियनका पूर्व राष्ट्रपति मिखाइल गोर्बाचेभको ९१ वर्षको उमेरमा मृत्यु भएको छ ।  उनको पहलले रक्तपात बिना शीत युद्धको अन्त्य गर्न मद्दत गरेको मानिन्छ । उनी सोभियत संघका अन्तिम जीवित पूर्व राष्ट्रपति थिए।

मस्कोको केन्द्रीय क्लिनिकले मंगलबार उनको मृत्यु भएको घोषणा गरेको हो। “गम्भीर र लामो रोग पछि मिखाइल सर्गेभिच गोर्बाचेभको आज साँझ मृत्यु भयो,” विज्ञप्तिमा भनिएको छ। गोर्बाचेभले सोभियत ब्लकका देशलाई शान्तिपूर्ण रूपमा रूसबाट अलग हुन दिएको भन्दै उनलाई पश्चिमा देशले नायकको रूपमा हेर्छन ।

सोभियत ब्लकका राज्यहरू बीचको विद्रोहलाई दमन गर्ने अघिल्ला नेताहरू भन्दा फरक बनेर उनले सन् १९८९ मा पूर्वी युरोपमा प्रजातन्त्र समर्थक प्रदर्शनकारीहरू विरुद्ध बल प्रयोग गर्न पछि हटेका थिए।

७० वर्षदेखि अस्तित्वमा रहेको सोभियत युनियनको विघटन गर्ने अध्यक्षता गरेकोमा रूसमा भने उनको विरासत धेरै फरक छ । त्यहाँ उनलाई सोभियत संघको पतन गराउने एक मूख्य अभियुक्तको रुपमा दोष दिइन्छ । सोभियत संघको विघटन भएको पाँच वर्षपछि सन् १९९६ मा  गोर्बाचेभले रुसमा राष्ट्रपति पदका लागि उम्मेदवारी दिएका थिए तर उनले १ प्रतिशत भन्दा कम मत प्राप्त गरेका थिए ।

सन् १९८५ मा उनले सुधारको आफ्नो कार्यक्रम तय गर्दा, उनको एकमात्र उद्देश्य आफ्नो देशको स्थिर अर्थतन्त्रलाई पुनर्जीवित गर्ने र यसको राजनीतिक प्रक्रियालाई सुधार गर्ने थियो । तर उनको प्रयासले सोभियत संघ भित्र मात्रै नभइ यसका पूर्व सहायक राज्यहरूमा पनि कम्युनिस्ट शासनको अन्त्य गराएको थियो । उनको मृत्युमा विश्वभरका नेताहरुबाट श्रद्दाञ्जली आउन सुरु भइसकेको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटरेस, बेलायती प्रधानमन्त्री बोरिस जोनसन लगायतले श्रद्दाञ्जली दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved