मतदानपछि सुहाङले भने- म जित्छु

नेपालभ्युज

मतदानपछि सुहाङले भने- म जित्छु

काठमाडौं । इलाम २ उपनिर्वाचनमा मतदान जारी छ ।

नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरिसकेका छन् । मतदानपछि उनले आफूले जित्ने दाबी गरेका छन् ।

मतदानस्थलमा पत्रकाहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले भनेका छन्— म जित्नेमा ढुक्क छु, म जित्छु ।

इलाम २ मा १९ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

त्यहाँ एमालेका सुहाङसँगै नेपाली कांग्रेसका डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलन लिम्बू र पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमबीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved