अमेरिकाले रोक्यो इजरायल जाने बमको खेप

नेपालभ्युज

अमेरिकाले रोक्यो इजरायल जाने बमको खेप

काठमाडौं । अमेरिकाले गाजाको रफाह सहरमा भएको हमलालाई ध्यानमा राख्दै इजरायल जाने बमको खेप रोकेको छ ।

राष्ट्रपति बाइडेन प्रशासनका एक वरिष्ठ अधिकारीका अनुसार उक्त खेपमा ९ सय ७ केजी तौलका १८ सय बम र २ सय २० केजी तौलका १७ सय बम थिए।

इजरायलले गाजाको रफाहमा आक्रमण गर्ने भन्दै त्यहाँ बस्ने मानिसलाई सो ठाउँ छोड्न चेतावनी दिएको थियो ।

सेनाले इजरायली सीमा नजिक पूर्वी क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई खान युनिस र अल-मावासीमा जान आग्रह गरेको छ।

अमेरिकाले रफाहमा शरण लिइरहेका मानिसहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने योजना नबनाएसम्म रफाहमा इजरायली आक्रमणलाई समर्थन नगर्ने बताएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved