उत्तर कोरियाका पूर्व प्रोपोगान्डा मास्टर किमको निधन

नेपालभ्युज

उत्तर कोरियाका पूर्व प्रोपोगान्डा मास्टर किमको निधन

काठमाडौं । उत्तर कोरियाका पूर्व प्रोपोगान्डा मास्टर किम की नामको निधन भएको छ ।

बुढेसकाल र अंगको खराबीको कारण ९४ वर्षको उमेरमा नामको निधन भएको सरकारी एजेन्सी केसीएनएले जनाएको छ । उनको सन् २०२२ देखि उपचार भइरहेको थियो ।

उनले दशकौँसम्म अधिनायकवादी राष्ट्रमा प्रोपोगान्डा फैलाउन भूमिका खेलेका थिए । उनको बुधबार भएको अन्त्येष्टी कार्यक्रममा उत्तर कोरियाका नेता किम जोङ उन पनि गएका थिए ।

उनले सो अवसरमा नामलाई ‘भेट्रान’ क्रान्तिकारीको उपमा दिँदै उनी निरन्तर रूपमा शासन प्रणालीप्रति बफादार भएको जनाएका थिए ।

दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीले उनलाई नाजी जर्मनीको प्रचार प्रमुख जोसेफ गोएबल्ससँग तुलना गरेको छ । जसको मन्त्र झुठलाई कैयौँपटक दोहोर्‍याएमा त्यो सत्य हुन्छ भन्ने रहेको थियो ।

उनी सन् १९६६ मा प्योङयाङको प्रचार र आन्दोलन विभागको उपनिर्देशक नियुक्त भएका थिए, जहाँ उनले किम जोङ इल, पूर्ववर्ती र वर्तमान नेता किम जोङ उनका पितासँग नजिक रहेर काम गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved