प्रधानमन्त्री भन्छन्- अनेक गरेर पनि सरकार पूरै अवधि लगिन्छ

नेपालभ्युज

प्रधानमन्त्री भन्छन्- अनेक गरेर पनि सरकार पूरै अवधि लगिन्छ

सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अनेक गरेर पनि सरकारलाई पूरै अवधि लाने प्रतिक्रिया दिएका छन् ।

बुधबार बिहान जिल्लाको सुनकोशी गाउँपालिकामा कार्यकर्ताहरूसँग भेटघाट गरेका नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् ।

“अनेक गरिन्छ तर, सरकारलाई पूरै अवधि लगिन्छ,” उनले भने ।

यस्तै उनले बजेटमार्फत नयाँ आशा स्थापित गर्ने काममा आफू भरपूर लागिरहेको बताए । नयाँ बजेटमार्फत जनसमस्याको विषय सम्बोधन गर्ने प्रयासमा आफू रहेको उनले बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved