एक सय २० वर्षिया लामिछानेको निधन

नेपालभ्युज

एक सय २० वर्षिया लामिछानेको निधन

काठमाडौं । ककनी गाउँपालिका–८ निवासी एक सय २० वर्षिया बाटुली लामिछानेको आज निधन भएको छ ।

श्वासप्रश्वासमा समस्या भएसँगै उपचारका क्रममा उहाँको शुक्रबार घरमै निधन भएको उहाँका आफन्त उद्धव हुमागाँईले बताए ।

उनका अनुसार पछिल्लो एक सातादेखि ज्येष्ठ नागरिक लामिछानेलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

ककनी गाउँपालिका र उहाँको संरक्षण तथा रेखदेखमा सक्रिय बाला फाउन्डेसनले घरमै चिकित्सक ल्याएर उपचार गराउँदै आएको थियो ।

बाटुली लामिछानेको चाहनाअनुसार शुक्रबार राति नै पशुपति आर्यघाटमा अन्तिम संस्कार पनि गरिएको छ ।

उहाँलाई ८२ वर्षीय छोरा नेत्रप्रसाद लामिछानेले दागबत्ती दिएका थिए । नेपाली नागरिकताको प्रमाणपत्र अनुसार लामिछानेको जन्म विसं १९५९ साल चैत १० गते भएको हो ।

लामिछानेलाई विश्वकै ज्येष्ठ नागरिक घोषणाका लागि फाउण्डेसनले पहल गरिरहेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved