प्रसिद्ध गायिका दिलमाया खातीको निधन

नेपालभ्युज

प्रसिद्ध गायिका दिलमाया खातीको निधन

काठमाडौं। नेपाली सांगितिकि आकासकी प्रसिद्ध तथा वरिष्ठ गायिका दिलमाया खातीको निधन भएको छ । उनको दार्जिलिङमा रहेको आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

केही समयदेखि अस्वस्थ रहेकी खातीको सिलगढीमा उपचार भइरहेकोमा सुधार नभएपछि गएको आइतबार आफ्नै निवासमा ल्याइएको थियो ।

दार्जिलिङको घूम पहाडमा विसं १९९६ को श्रावण २३ गते माता अतिरूपा खाती र पिता नन्दलाल खातीका तीन सन्तानमध्ये सबैभन्दा कान्छी दिलमाया खातीले पाँच वर्षको उमेरदेखि गाउन सुरु गरेकी हुन् । खातीले दर्जनौँ कालजयी गीतमा स्वर दिएकी छिन् ।

हिमालको काखमा छ सानो मेरो गाउँ, बिछोडको पीडा नसकी खप्न दशैँको बेलामा, मनमा तिम्रो प्रित होस्, जिउनु देऊ मलाई एकलै, मायालु हजार हुन्छ,तिम्रो जस्तो मुटु मेरो पनि, तिमी देख्दा रहर होला लागेर आउँछ  लगायतका दर्जनौँ गीतमा खातीको स्वर रहेको छ ।

दिलमाया खातीले गोपाल योन्जन,नारायण गोपाल लगायतका कयौँ दिग्गज कलाकारसँग युगल गीत पनि गाएकी छिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved