लुम्बिनी प्रदेशका पूर्वप्रमुख यादवको निधन

नेपालभ्युज

लुम्बिनी प्रदेशका पूर्वप्रमुख यादवको निधन

काठमाडौं । लुम्बिनी प्रदेशका पूर्वप्रमुख धर्मनाथप्रसाद यादवको निधन भएको छ । सिरहा गोलबजार नगरपालिका–६ खरहीटोलका यादवको ८० वर्षको उमेरमा निवासमै निधन भएको हो ।

यादव पछिल्लो समय पक्षघातबाट पिडित थिए । २०१६ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका यादव २०४६ सालपछि पूर्णकालिन राजनीतिमा आएका थिए । २०४६ सालसम्म उनी शिक्षक पेशामा थिए ।

उनलाई मन्त्रिपरिषदको सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ साल कात्तिक १८ गते लुम्बिनी प्रदेश प्रमुख नियुक्त गरेकी थिइन् । २०७८ साउन १२ गते शेरबहादुर देउवा नेतृत्वको सरकारले उनलाई पदमुक्त गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved