पूर्वमन्त्री बुढाथोकीको निधन

नेपालभ्युज

पूर्वमन्त्री बुढाथोकीको निधन

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन भएको छ । विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा सोमबार राति ८० वर्षको उमेरमा नेता बुढाथोकीको निधन भएको हो ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेता बुढाथोकीप्रति सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

नेता बुढाथोकी लामो समयदेखि प्रोस्टेटको क्यान्सरबाट पीडित थिए । पछिल्लो समय मिर्गौलामा समस्या आएपछि बुढाथोकी थप अस्वस्थ्य बनेका थिए ।

‘सेतो बाघ’ उपनामले चर्चित झापा अर्जुनधारा नगरपालिकाका बासिन्दा बुढाथोकी पञ्चायतकाल र गणतन्त्र दुवै शासन व्यवस्थामा मन्त्री भएका थिए ।
नेता बुढाथोकी प्रधानपञ्च, जिल्ला पञ्चायत समापतिहुँदै राष्ट्रिय पञ्चायत सदस्य भएका थिए ।

उनी पञ्चायतकालमा जलस्रोत सहायक मन्त्री बनेका थिए । गणतन्त्रपछि पनि उनी संघीय मामिला सामान्य प्रशासन मन्त्री भएका थिए । बुढाथोकीको स्कुले जीवन दार्जिलिङ्गमा बितेको थियो ।

बुढाथोकीले तत्कालिन युवराज विरेन्द्र, उनका भाई ज्ञानेन्द्रसँगै पढेका थिए । नेता बुढाथोकीको पार्थिक शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज झापा जिल्ला पार्टी कार्यालयमा राखिने बताइएको छ । बुढाथोकीका दुई छोरा र एक छोरी छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved