जीवनभर अविवाहित गायिका लता मंगेशकरको अनौठो प्रेम कथा

नेपालभ्युज

जीवनभर अविवाहित गायिका लता मंगेशकरको अनौठो प्रेम कथा

एजेन्सी । प्रेमिल युगल जोडीका लागि प्रणय सप्ताह सुरु भएको छ । आगामी फ्रेबुअरी १४ को प्रणय दिवस अगावै प्रेमिल सप्ताह सुरु भइसकेको छ । प्रणय दिवसको मानकमा केही जोडीहरु सधै स्मरणीय रहदै आएका छन् ।

रोमियो जुलियट, लैलामजनु, मुना मदनको जोडीलाई प्रेम गर्नेहरुले सधै आदर्श मान्दै आएका छन् ।  प्रेमको मानक मानिएका यस्ता जोडी भन्दा फरक एक जोडीको प्रेम कथाको पनि चर्चा हुन जरुरी छ ।

भारतीय स्वर साम्राज्ञी लता मंगेशकरको प्रेम कहानी प्रेमको परिभाषा बदल्ने मानक बन्न सक्छ । प्राप्ति भन्दा पनि समर्पणमा प्रेमभाव अझ बढि खुल्न सक्छ । सामान्य जीवन सरल व्यवहार र बालापन देखि कै संघर्ष र दुःखले बनाएको लताको विशाल इतिहास भित्र एउटा शक्तिशाली प्रेम कथा पनि सँगै अघि बढेको सायदै थोरैलाई थाह हुन सक्छ ।

दुई दिन अघि मात्रै उनका विश्वभरका शुभचिन्तकले उनको ९४ औं स्मृति दिवस मनाएका छन् । उनको स्मृति दिवस र प्रणय सप्ताह एउटा संयोग मात्रै हो । धेरैलाई थाहा थियो गायिका लताले जीवन भर अविवाहित एक्लो जीवन नै बिताइन् ।

आफ्नो प्रेमी बाहेक कसैलाई पनि उनले जीवनमा ल्याउने रहर नै गरिनन् । लताका प्रेमी राजस्थानका राजघरानाका कान्छा छोरा थिए । लतालाई औधी माया गर्ने राजसिंह सधै क्यासेट प्लेयरमा लताका गीतहरु सुनिरहन्थे । लतालाई मिट्ठु भनेर बोलाउथे ।

पारिवारिक दबाबका कारण राजघरानाले लतालाई बुहारी बनाउन नसक्ने भएपछि प्रेमी राजसिंह डूंगरपुरले जीवन भर विहे नगर्ने कठोर प्रतिज्ञा गरे । प्रेमीको प्रतिज्ञालाई नै प्रेम मानेर लताले पनि कसैसँग विहे नगर्ने निर्णय गरिन् ।

जीवनभर अरुसँग विहे नगरी एकअर्काको असल साथी बनेर राजसिंह र लताले प्रेमको नयाँ परिभाषा कोरिदिए ।

लताले जस्तै राजसिंहले पनि प्रेमको धर्म निभाएर आजन्म अविवाहित बनेर जीवन बिताए ।

राजसिंहको सन् २००९ मा निधन भयो भने लताको भने १३ वर्ष पछि सन् २०२२ मा निधन भयो ।

स्वर्गलोकमा लतालाई पर्खिन पनि राजसिंहलाई १३ वर्ष लाग्यो । सायद स्वर्गलोकमा प्रेममा विभेद छैन होला, त्यहाँ राजघरानाका सदस्य राजसिंह र सर्वसाधारण परिवारकी लताबीच मिलन भएको हुनसक्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved