कथाकार परशु प्रधानको निधन, आजै अन्त्येष्टि गरिने

नेपालभ्युज

कथाकार परशु प्रधानको निधन, आजै अन्त्येष्टि गरिने

काठमाडौं । कथाकार परशु प्रधानको निधन भएको छ । ८० वर्षीय प्रधानको काठमाडौं बानेश्वरस्थित निवासमा निधन भएको हो ।

परशुको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने छोरा प्रतिक प्रधानले बताए । प्रतिक बाह्रखरी मिडियाका कार्यकारी अध्यक्ष तथा प्रधान सम्पादक  हुन् ।

वि. सं २००० सालमा भोजपुरमा जन्मिएका प्रधानले २०१६ सालबाटै नेपाली साहित्यमा कलम चलाउन थालेका थिए । प्रधानले २०१६ सालमा ‘जीवन पथ’ कविता लेखेका थिए । २०२५ सालमा ‘सबै बिर्सिएका अनुहारहरु’ प्रकाशित भएको थियो ।

प्रधानलाई नेपाल साहित्य संस्थान पुरस्कारसहित दुई दर्जन पुरस्कारबाट सम्मान गरिएको थियो ।

प्रधानका १३ वटा कथा संग्रह प्रकाशित भएका छन् । स्वर्गीय प्रधानका दुई छोरा र दुई छोरी छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved