न्युरोडको बिरा कम्प्लेक्समा व्यापारी र महानगरका कर्मचारीबीच लफडा (भिडियोसहित)

न्युरोडको बिरा कम्प्लेक्समा रहेको पार्किङ बेसमेन्ट पनि खाली गराउन गएका काठमाडौं महानगरपालिकाका कर्मचारीलाई व्यापारीले अवरोध गरेका छन्। बेसमेन्टमा रहेको पसल हटाउन गएका कर्मचारी तथा नगर प्रहरीलाई व्यापारीहरूले रोकेका हुन्।

नेपालभ्युज

1163440131189019

काठमाडौं। न्युरोडको बिरा कम्प्लेक्समा रहेको पार्किङ बेसमेन्ट पनि खाली गराउन गएका काठमाडौं महानगरपालिकाका कर्मचारीलाई व्यापारीले अवरोध गरेका छन्। बेसमेन्टमा रहेको पसल हटाउन गएका कर्मचारी तथा नगर प्रहरीलाई व्यापारीहरूले रोकेका हुन्।

अहिले दुवै पक्षबीच वादविवाद भइरहेको छ। पसलेहरूले भने आफूहरूले आफ्ना पसल नहटाउने अडान लिएका छन्। महानगरका कर्मचारीले भने खाली नगराई नजाने बताएपछि दुवैपक्षबीच भनाभन भइरहेको छ।

महानगरको टोलीले बिहानैदेखि न्युरोड क्षेत्र र वसन्तपुर क्षेत्रमा रहेको भवनको बेसमन्ट खाली गर्ने अभियानमा छ। यसअघि वसन्तपुर प्लाजा, विशाल बजार, सुरज, आर्केड, चन्द्र प्लाजा, चन्दा चकोरी र मखन प्लाजाको बेबसमेन्ट खाली गराउन थालिएको छ। कतिपय भवनका बेसमेन्टका खुड्किला भत्काउन थालिएको छ।

विशाल बजारलाई महानगरको २४ घण्टे अल्टिमेटम

वसन्तपुर प्लाजाको बेसमेन्ट पार्किङ खाली गर्न पुग्यो महानगरको टोली (फोटोहरू)

न्युरोडको सुरज आर्केडको पसल हटाइँदै, बेसमेन्टमा जाने खुड्किला हटाउन दुईवटा डोजर 

विशाल बजारको पार्किङ बेसमेन्ट पनि खाली गरिने


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved