कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् ।

बिहीबार बसेकाे प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेलले ४० सदस्यमध्ये २३ मत पाएका छन् । उनको विपक्षमा ११ मत र तटस्थमा एक मत परेको छ।

विश्वासको मत लिने प्रस्तावमा ३५ जना मतदानमा सहभागी भएका थिए।

कँडेललाई माओवादी केन्द्र, नेकपा एमाले र एकीकृत समाजवादीका सांसदहरुले विश्वासको मत दिएका छन्।

कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० जना सांसद छन् । साथै, राप्रपा, नेकपा एकीकृत समाजवादीका एक/एक र स्वतन्त्र एक सांसद छन् ।

 

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved