महावै गाउँपालिकाका तत्कालीन उपाध्यक्ष शाहीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालभ्युज

महावै गाउँपालिकाका तत्कालीन उपाध्यक्ष शाहीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको महावै गाउँपालिकाका तत्कालीन उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाहीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

सिमखेतदेखि ओदा जाने सडक अन्दाजी २५ मिटर मात्र डोजरले खनी मान्छेले काम गरेको बिल बनाउन लगाएको एवं वास्तविक कामभन्दा बढी परिमाणको काम भएको देखाई बढी रकम भुक्तानी लिएको आरोपमा बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरले जानकारी दिए ।

आरोपपत्रमा शाहीसहित गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, इन्जिनियर रुद्र बहादुर वली, सव-इञ्जिनियर हरि प्रसाद पाण्डेय, वडा नं २ का तत्कालीन वडाअध्यक्ष गौकला सिंह, गाउँपालिकाका लेखापाल मलिम रावत, उपभोक्ता समितिका अध्यक्ष अकल सुनार, कोषाध्यक्ष जर्मकला काफ्ले र सचिव ददी कामी भनिने दधि कामीलाई प्रतिवादी बनाइएको छ ।

उनीहरुले ३८ लाख ७६ हजार २७० रुपैयाँ बढी भुक्तानी लिएको पाइएको आयोगले जनाएको छ । साथै, आयोगले बिगो र कैद माग गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved