क्रिकेटर लामिछानेको मुद्दामा आज पेसी, सुनुवाई हुने अपेक्षा

नेपालभ्युज

क्रिकेटर लामिछानेको मुद्दामा आज पेसी, सुनुवाई हुने अपेक्षा

काठमाडौं । क्रिकेटर सन्दीप लमिछानेको मुद्दामा आज उच्च अदालतमा पेसी तोकिएको छ ।

यसअघि पटकपटक धकेलिएको मुद्दामा आज सुनवाई हुने अपेक्षा गरिएको छ । जिल्ला अदालतको फैसलाविरूद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।

यसअघि नै उच्चमा पेसी तोकिएको सन्दीपको मुद्दा विभिन्न कारण देखाएर तीनपटक सुनवाई स्थगित भइसकेको छ । अघिल्लो पटक हेर्न नभ्याइनेमा परेको थियो ।

टी २० विश्वकपमा सहभागी हुनका लागि पनि सन्दीपका लागि आजको सुनुवाई हुनु निकै महत्वपूर्ण मानिएको छ ।

यदि चाँडै फैसला आएर सन्दीपले सफाइ पाएमा उनी विश्वकप टीममा समेटिन सक्ने बताइएको छ । विश्वकपमा सहभागी खेलाडीको हेरफेर गर्न पाउने समय अवधि अझै २० दिन बाँकी छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved