विशाल बजारको पार्किङ बेसमेन्ट पनि खाली गरिने

त्यहाँ पनि बेसमेन्टमा रहेका पसल हटाउने महानगरको योजना छ। महानगरको टोली पुगेर व्यापारीहरूलाई सामान हटाउन भनिसकेका छन्। व्यापारीहरु सामान सारिरहेका छन्।

नेपालभ्युज

विशाल बजारको पार्किङ बेसमेन्ट पनि खाली गरिने

काठमाडौं। न्युरोडको विशाल बजारको बेसमेन्ट पनि खाली गरिने भएको छ। काठमाडौं महानगरपालिकाको टोली बेसमेन्ट खाली गराउन विशाल बजार पुगेको छ।

त्यहाँ पनि बेसमेन्टमा रहेका पसल हटाउने महानगरको योजना छ। महानगरको टोली पुगेर व्यापारीहरूलाई सामान हटाउन भनिसकेका छन्। व्यापारीहरु सामान सारिरहेका छन्।

महानगरको टोलीले बिहानैदेखि न्युरोड क्षेत्र र वसन्तपुर क्षेत्रमा रहेको भवनको बेसमन्ट खाली गर्ने अभियानमा छ। यसअघि वसन्तपुर प्लाजा, सुरज आर्केड, चन्द्र प्लाजा, चन्दा चकोरी र मखन प्लाजाको बेबसमेन्ट खाली गराउन थालिएको छ। कतिपय भवनका बेसमेन्टका खुड्किला भत्काउन थालिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved