कृषि मन्त्रालयका सहसचिव डा. गैरे जागिरबाट बर्खास्त

नेपालभ्युज

कृषि मन्त्रालयका सहसचिव डा. गैरे जागिरबाट बर्खास्त

काठमाडौं । बिना जानकारी ३ महिनादेखि कार्यालयमा अनुपस्थित सहसचिवलाई कृषि मन्त्रालयले जागिरबाट हटाएको छ ।

कृषि मन्त्रालयका प्राविधिक तर्फका सहसचिव डा कमलराज गैरेलाई सेवाबाट हटाइएको हो ।

बिदा स्वीकृत नगराई आफ्नो पदाधिकार रहेको कार्यालयमा ९० दिनभन्दा बढी समय अनुपस्थित भएपछि गैरेलाई मन्त्रिपरिषद् बैठकले सेवाबाट हटाउने निर्णय गरेको हो ।

मन्त्रालयले आज सूचना जारी गरेर बर्खास्त गरिएको जानकारी दिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved