सुस्ताए सेयर लगानीकर्ता, रोकिएन नेप्सेको ओरालो यात्रा

नेपालभ्युज

सुस्ताए सेयर लगानीकर्ता, रोकिएन नेप्सेको ओरालो यात्रा

काठमाडौं । पछिल्लो समय नेपाली सेयर बजार खुम्चिँदै गइरहेको छ । लगानीर्ताको निराशालाई बजार परिसूचकले मापन गरेको प्रस्ट देख्न सकिन्छ ।

गत साताको कारोबारको पहिलो दिन २०२३ दशमलव ३५ को विन्दुबाट घट्न सुरु गरेको बजार मापक नेप्से परिसूचक बिहीबारसम्म आइपुग्दा १९७२ दशमलव १४ को विन्दुमा झरेको थियो ।

कारोबारको नयाँ साता सुरु भएको पहिलो दिन १२ दशमलव २९ अंकले बढेर केही सकारात्मक संकेत देखाएको बजार अर्को दिन १५ दशमलव ४१ अंकले ओरालो लाग्यो । मंगलबार बन्द रहेको शेयर बजारले बुधबार भने झिनो सुधार गरेको थियो ।

कारोबारको अन्तिम दिन ३ दशमलव २४ अंकले ओरालो यात्रा गर्दै नेप्से १९६५ को बिन्दुमा झरेको छ । समग्रमा यो साता नेप्से १९ अंकले घटेको छ ।

आइतबार : साताको पहिलो दिन बजार दोहोरो अंकले बढेको थियो । आइतबार नेप्से परिसूचक १२ दशमलव २९ अंकले बढेर १९८४ को विन्दुमा पुगेको थियो । जसमा कुल कारोबार रकम भने २ अर्ब २६ करोड रुपैयाँ रहेको थियो ।

सोमबार : साताको दोस्रो कारोबारको दिन बजार परिसूचक १५ दशमलव ४१ अंकले घटेर १९६९ दशमलव ०२ विन्दुमा पुगेको थियो । जसमा ५६ लाख ५६ हजार २ सय ८२ कित्ता सेयर बिक्री हुँदा २ अर्ब ५ करोड ८३ लाख रुपैयाँको कारोबार भएको थियो ।

बुधबार : मंगलबार कतारका राष्ट्रपति शेख तमिम विन हमाद अल थानी नेपाल भ्रमणमा आएसँगै सरकारले सार्वजनिक बिदा दिएको थियो । त्यसैले शेयर बजार पनि बन्द रहेको थियो ।

बुधबार खुलेको नेप्सेमा परिसूचक ० दशमलव १५ अंकले बढेर १९६९ दशमलव १७ को विन्दुमा पुगेको थियो । जसमा ३१३ कम्पनीका ३६ हजार ४ सय ८३ पटकको कारोबारमा ७२ लाख ८४ हजार २ सय ७२ कित्ता सेयर किनबेच भएको थियो भने कारोबार रकम २ अर्ब ५३ करोड ६४ लाख ३१ हजार ९ सय ९८ रुपैयाँ रहेको थियो ।

बिहीबार : साताको कारोबारको अन्तिम दिन नेप्सेमा सामान्य अंकको गिरावट आएको छ । बिहीबार नेप्से परिसूचक ३ दशमलव २४ अंकले घटेर १९६५ दशमलव ९३ को विन्दुमा झरेको छ ।

३०३ कम्पनीको ६३ लाख १२ हजार ५५२ कित्ता शेयर खरिद बिक्री हुँदा २ अर्ब ३६ करोड ६९ लाख ७५ हजार ५९४ रुपैयाँको कारोबार भएको छ । साताको कारोबारको अन्तिम दिन फाइनान्स कम्पनीहरूमा लगानीकर्ता झुम्मिएका छन् ।

जसमा १४ लाख ८५ हजार ४ सय ४२ कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम भने ६७ करोड ३१ लाख ४० हजार १ सय ६३ रुपैयाँ रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved