पोखराबाट पेस्तोलसहित पक्राउ परेका यी युवा, चौकी लगेपछि थाहा भयो १३ वटा मुद्दा पहिल्यै चलेको

नेपालभ्युज

पोखराबाट पेस्तोलसहित पक्राउ परेका यी युवा, चौकी लगेपछि थाहा भयो १३ वटा मुद्दा पहिल्यै चलेको

काठमाडौं । मुद्दामाथि मुद्दा लागेका एक युवा पोखराबाट अटोमेटिक पेस्तालसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१८ सराङकोटका ३८ वर्षीय नरबहादुर विक छन् ।

उनलाई बिहीबार लेकसाइडबाट वडा प्रहरी कार्यालय बैदामको टोलीले पक्राउ गरेको हो ।

लेकसाइडस्थित दीपक गिरीको बन्दै गरेको घरमा विकले ९ एमएमको अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने १ राउण्ड गोली लुकाएर राखेको अवस्थामा प्रहरीले बरामद गरेको छ ।

बागमती प्रदेश ०३३ प् १६३३ नम्बरको मोटरसाइकलसहित पक्राउ परेका विक डाँका चोरी र लागु औषध मुद्दाका अभियुक्त समेत हुन् ।

राजु नेकेट भनेर समेत चिनिने उनीविरुद्ध यसअघि १३ वटा मुद्दा चलेको समेत पाइएको छ । पक्राउ परेपछि प्रहरीले सीआरएस (क्रिमिनल रेकर्ड सिस्टम) जाँदा १३ वटा मुद्दाको विवरण खुलेको हो ।

उनीविरुद्ध ९ चैत २०६२ मासार्वजनिक अपराधको मुद्दा चलेको थियो । २६ चैत २०६५ मा पनि कास्की प्रहरीबाटै सार्वजनिक अपराधको मुद्दा चलेको थियो ।

त्यस्तै १९ साउन २०६६ मा लागु औषध, २६ चैत २०६६ मा सार्वजनिक अपराध, २ असार २०६७ मा चोरी, ६ असार २०६७ मा चोरीको मुद्दा चलेको सीआरएमा भेटिएको छ ।

६ भदौ २०६७ मा सार्वजनिक अपराध, ११ माघ २०७१ मा लागु औषध, ८ माघ २०७१ मा चोरी, १६ कात्तिक २०७७ मा अभद्र व्यवहार, २८ फागुन २०७७ मा अभद्र व्यवहार, ११ मंसिर २०७९ मा लागु औषध र २२ कात्तिक २०८० मा चोरी तथा डाँका कसुरको मुद्दा चलेको पाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved