बन्धक रिहा गर्न हमासलाई विश्वका १८ मुलुकको संयुक्त आग्रह

नेपालभ्युज

बन्धक रिहा गर्न हमासलाई विश्वका १८ मुलुकको संयुक्त आग्रह

काठमाडौं । युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग अमेरिकासहितका विभिन्न मुलुकले आग्रह गरेका छन् ।

विश्वका विभिन्न अठार देशले संयुक्त वक्तव्य जारी गर्दै दक्षिणी इजरायलबाट बन्धक बनाएका व्यक्तिहरूलाई ‘तत्काल रिहा’ गर्न हमाससामु आग्रह गरेका हुन् ।

हमासले बन्धकलाई रिहा गरेसँगै गाजामा तत्काल युद्धविराम हुने वक्तव्यमा उल्लेख छ । हमासको आक्रमणमा करिब एक हजार २०० व्यक्तिको मृत्यु भएको थियो भने उनीहरूले दक्षिणी इजरायलबाट २०० भन्दा बढी व्यक्तिलाई बन्धक बनाएका थिए ।

हमासको आक्रमणपछि इजरायले बदलास्वरुप हमला जारी राखेको छ । लामोसमय देखि जारी युद्धका कारण मानवीय संकट चुलिदै गएपछि अन्र्तराष्ट्रिय चासो बढेको हो ।

संयुक्त राज्य अमेरिका, अर्जेन्टिना, अस्ट्रिया, ब्राजिल, बेलायत, बुल्गेरिया, क्यानाडा, कोलम्बिया, डेनमार्क, फ्रान्स, जर्मनी, हङ्गेरी, पोल्याण्ड, पोर्चुगल, रोमानिया, सर्बिया, स्पेन र थाइल्याण्डले विज्ञप्ती जारी गरेका हुन् ।

विज्ञप्तीमा भनिएको छ , “अन्तर्राष्ट्रिय कानूनअन्तर्गत संरक्षित गाजामा बन्धक र नागरिक जनसङ्ख्याको भविष्य अन्तर्राष्ट्रिय चासोको विषय हो । गत वर्ष अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणपछि हमासको कब्जामा रहेका नागरिकमध्ये आफ्नै नागरिक पनि रहेको साथै बन्धकहरूलाई मुक्त गर्न सके गाजाभरि थप मानवीय सहायता उपलब्ध गराउन र शत्रुताको विश्वसनीय अन्त्य हुनेछ ।”

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved