वसन्तपुर प्लाजाको बेसमेन्ट पार्किङ खाली गर्न पुग्यो महानगरको टोली (फोटोहरू)

न्युरोडको सुरज आर्केटको बेसमेन्ट खाली गराउन गएको काठमाडौं महानगरपालिकाको टोली वसन्तपुर प्लाजामा पुगेको छ। अनधिकृत रूपमा संरचना बनाएर भाडामा लगाएको सूचनाका आधारमा भत्काउन महानगर त्यहाँ गएको हो।

नेपालभ्युज

वसन्तपुर प्लाजाको बेसमेन्ट पार्किङ खाली गर्न पुग्यो महानगरको टोली (फोटोहरू)

काठमाडौं। न्युरोडको सुरज आर्केटको बेसमेन्ट खाली गराउन गएको काठमाडौं महानगरपालिकाको टोली वसन्तपुर प्लाजामा पुगेको छ। अनधिकृत रूपमा संरचना बनाएर भाडामा लगाएको सूचनाका आधारमा भत्काउन महानगर त्यहाँ गएको हो।

अहिले व्यापारीहरूले धमाधम पसलमा सामानबाहिर निकालिरहेका छन्। सामान हटाइसकेपछि बेसमेन्टमा जानको लागि बनाइएको खुड्किला भत्काइने महानगरपालिले जनाएको छ।

अहिले सुरज आर्केडको बेसमेन्ट खाली हुँदैछ। चन्द्र प्लाजा, चन्दा चकोरी र मखन प्लाजाको बेबसमेन्ट खाली गराउने तथा बेसमेन्टका खुड्किला भत्काउने तयारी भइरहेको छ।

महानगरको टोलीले आज बिहानैदेखि मखन र वसन्तपुर क्षेत्रमा बेसमेन्ट खाली गर्न अभियान चलाइरहेको छ। महानगरले पछिल्लो समय अनधिकृत संरचना हटाउने अभियान चलाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved