राजनीतिक स्थायित्वका लागि विश्वासको मत दिनुस् : मुख्यमन्त्री अधिकारी

नेपालभ्युज

राजनीतिक स्थायित्वका लागि विश्वासको मत दिनुस् : मुख्यमन्त्री अधिकारी

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशको राजनीतिक स्थायित्वका लागि विश्वासको मत दिन आग्रह गरेका छन् ।

विश्वासको मत लिने प्रयोजनका लागि जारी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री अधिकारीले सांसदहरूलाई यस्तो आग्रह गरेका हुन् ।

“गण्डकी प्रदेशको राजनीतिक स्थायित्व कायम गर्न मलाई मत दिनुस्,” उनले भने ।

मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदैछन् । उनलाई नेकपा (एमाले) का २२, नेकपा (माओवादी केन्द्र) का ८ (सभामुखसहित) र स्वतन्त्र सांसद राजीव गुरुङ ऊर्फ दीपक मनाङेले समर्थन गरेका छन् ।

प्रदेश सभामा २७ सिट भएको नेपाली कांग्रेस र २ सिट भएको राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) ले भने मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत नदिने निर्णय गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved