गण्डकी प्रदेश सभा बैठक आह्वान, मुद्दा किनारा नलागेसम्म बहिस्कार गर्ने कांग्रेसको निर्णय

नेपालभ्युज

गण्डकी प्रदेश सभा बैठक आह्वान, मुद्दा किनारा नलागेसम्म बहिस्कार गर्ने कांग्रेसको निर्णय

काठमाडौं । गण्डकी प्रदेश सभा बैठक आह्वान गरिएको छ । जेठ ११ गते दिउँसो ३ बजे प्रदेश सभा बैठक आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वोच्च अदालतबाट प्रदेश सरकारविरुद्ध विचाराधिन रहेको मुद्दा किनारा नलागेसम्म बैठक बहिस्कार गर्ने भएको छ ।

संसदीय दलको बैठकले प्रदेश सभा बैठक बहिस्कार गर्ने निर्णय गरेको कांग्रेस प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जानकारी दिए ।

अदालतको अपहेलना गरी बोलाइएको बैठकमा आफूहरुको गम्भिर आपत्ति रहेको उनले बताए ।

‘…अदालतको आदेशको अवहेलना हुने गरि कामचलाउ प्रदेश सरकारले मिति २०८१ जेठ ११ गते दिउँसो ३ बजे प्रदेश सभा बैठक आह्वान गरि आगामी बजेटका सन्दर्भमा पूर्व छलफल गराउने कार्य प्रति नेपाली कांग्रेस संसदीय दलको गम्भिर असहमती रहेको छ।’ जारी विज्ञप्तीमा उल्लेख छ ।

गत वैशाख २३ गते मुख्यमन्त्री खजराज अधिकारीले विश्वासको मत लिने क्रममा सभामुखले समेत मत दिएपछि कांग्रेसले अदालतमा रिट दायर गरेको थियो।

सो मुद्दामा वैशाख २८ गते अल्पकालीन अन्तरिम आदेश जारी गर्दै अधिकारी नेतृत्वको सरकारलाई दीर्घकालिन असर पर्ने गरी कुनै निर्णय नगर्नु, नगराउनु भन्ने अन्तरिम आदेश दिएको थियो ।

जेठ १४ गते सो मुद्दामा अन्तिम सुनुवाइ हुँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved