गण्डकीमा एमालेले भन्यो- सरकार चाँडै फेरिन पनि सक्छ

नेपालभ्युज

गण्डकीमा एमालेले भन्यो- सरकार चाँडै फेरिन पनि सक्छ

काठमाडौं । नेकपा (एमाले) गण्डकी प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारीले प्रदेश सरकार चाँडै फेरिनसक्ने बताएका छन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिने प्रयोजनसहित जारी प्रदेशसभा बैठकमा भाग लिँदै पूर्वमुख्यमन्त्रीसमेत रहेका नेता अधिकारीले यस्तो बताएका हुन् ।

“सरकार नफेरियोस्, म पनि यही चाहन्छु । तर, छिट्टै फेरबदल हुन पनि सक्छ,” अधिकारीले भने, “चाहेर वा नचाहेर त्यो अवस्था आउनसक्छ ।”

उनले एउटाको रिस अर्कोमा पोखेर प्रदेश बलियो नहुने बताए । “कहीँको रिस कहीँ पोखेर प्रदेश बलियो हुँदैन,” माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित नेपाल समाजवादी पार्टी (नेसपा) नेता फणिन्द्र देवकोटालाई लक्षित गर्दै नेता अधिकारीले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved