गण्डकीमा मन्त्रिपरिषद् विस्तार, फणीन्द्र देवकोटा र दीपक मनाङेले लिए शपथ

पछिल्लो विस्तारसँगै गण्डकीको मन्त्रिपरिषद् पाँच सदस्यीय भएको छ । यसअघि मुख्यमन्त्री पाण्डेका अतिरिक्त बिन्दुकुमार थापा र डा टकराज गुरुङ मन्त्री थिए ।

नेपालभ्युज

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, फणीन्द्र देवकोटा र दीपक मनाङेले लिए शपथ

काठमाडौं । गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत पाएसँगै मंगलबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

पाण्डेले माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा र स्वतन्त्र उम्मेदवारका रुपमा विजयी भएका दीपक मनाङे (राजीव गुरुङ)ले मंगलबार प्रदेश प्रमुख डिल्लीराज भट्टबाट शपथ लिएका हुन् ।

देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै, मनाङेलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

देवकोटालाई माओवादी केन्द्रको ह्विप लाग्ने सो पार्टीले दाबी गरिरहँदा देवकोटाले पाण्डेलाई विश्वासको मत दिएका थिए । मनाङेले पनि विश्वासको मत दिएका थिए । मनाङेले पछिल्लो समय विश्वासको मत लिने सबै जसो मुख्यमन्त्रीलाई विश्वासको मत दिँदै आएका छन् । उनी प्रायः मुख्यमन्त्रीको मन्त्रिपरिषद्‌मा सदस्य पनि भएका छन् ।

पछिल्लो विस्तारसँगै गण्डकीको मन्त्रिपरिषद् पाँच सदस्यीय भएको छ । यसअघि मुख्यमन्त्री पाण्डेका अतिरिक्त बिन्दुकुमार थापा र डा टकराज गुरुङ मन्त्री थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved