मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत, देवकोटा र मनाङेले पनि गरे समर्थन

नेपालभ्युज

मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत, देवकोटा र मनाङेले पनि गरे समर्थन

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । मुख्यमन्त्री पाण्डेले सोमबार ‘विश्वासको मत पाउँ’ भनि प्रदेश सभामा राखेको प्रस्तावको पक्षमा ठीक्क बहुमत अर्थात् ३१ सांसदले मतदान गरे ।

गण्डकी प्रदेशसभा ६० सदस्यीय हो । जहाँ सरकारको निरन्तरताका लागि कम्तिमा ३१ सांसदको समर्थन चाहिन्छ । मुख्यमन्त्री पाण्डेले ३१ जना नै सांसदको समर्थन पाएका छन् ।

उनलाई उनको दल नेपाली कांग्रेसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का २, नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्नबाट निर्वाचित नेपाल समाजवादी पार्टी (नेसपा) का नेता फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद दीपक मनाङे ऊर्फ राजीव गुरुङले मत दिएका हुन् ।

यस्तै मुख्यमन्त्रीको प्रस्तावको विपक्षमा २८ मत पर्‍यो ।

यदि देवकोटाले समर्थन नगरेको भए पाण्डे नेतृत्वको सरकार ढल्थ्यो तर, उनले समर्थन जनाएसँगै सरकारले निरन्तरता पाएको छ ।

माओवादी केन्द्रले भने देवकोटा आफ्नै सांसद भएको दाबी गर्दै ह्वीप जारी गरेको र त्यो सबै आफ्ना सांसदप्रति आकर्षित हुने जनाएको छ ।

अब देवकोटाप्रति माओवादी संसदीय दलले कस्तो कदम चाल्छ, हेर्न बाँकी छ । संसदीय दलले कारबाही गर्नसक्ने सांसदहरूले बताएका छन् तर, देवकोटाको दल नेसपाभित्र भने मुद्दा-मामिलामार्फत सांसद पद जगाउन सक्ने ‘ब्रिफिङ्ग’ भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved