नालामा पुरिएर तीन महिलाको मृत्यु भएपछि कावासोतीमा तनाव, नगरपालिका कार्यालयमा तोडफोड (तस्वीरसहित)

नेपालभ्युज

नालामा पुरिएर तीन महिलाको मृत्यु भएपछि कावासोतीमा तनाव, नगरपालिका कार्यालयमा तोडफोड (तस्वीरसहित)

पूर्वी नवलपरासी। नाला खन्ने क्रममा पुरिएर ३ जना महिलाको मृत्यु भएको विरोधमा प्रदर्शनमा उत्रिएका स्थानीयले आज कावासोती नगरपालिकामा तोडफोड गरेका छन् ।

स्थानीय र मृतकका आफन्त शुक्रबार बिहानैदेखि प्रदर्शनमा उत्रिएका हुन् । जसका कारण कावासोतीमा तनाव उत्पन्न भएको छ ।

प्रहरीले अहिलेसम्म ३० राउण्डभन्दा बढी अश्रुग्यास प्रहार गरेको छ । प्रदर्शनकारीको आक्रमणमा चार जना प्रहरी घाइते भएपछि अश्रुग्यास प्रहार गरिएको बताइएको छ ।

बिहीबार कावासोतीको फलफूल चोकमा निर्माणाधीन नाला खन्ने क्रममा पुरिएर कावासोती नगरपालिका ५ की सेती राना, तानमाया गाहा र चमेली सिंजालीको मृत्यु भएको थियो ।

प्रदर्शनकारीले नगरपालिकामा ढुंगामुढा गरेका छन् । आक्रमणका कारण नगरपालिकाका केही झ्यालढोका फुटेका छन् ।

नगरपालिकाको लापरवाहीका कारण कामदारको मृत्यु भएको आरोप लगाउँदै स्थानीय विरोधमा उत्रिएका हुन् । बिहीबार पनि स्थानीयले मेयर विष्णुप्रसाद भुसालको घर घेराउ गरेका थिए ।

नगरपालिकाले मृतक महिलाका परिवारलाई उचित राहत दिने जनाएको छ । यस्तै नगर कार्यपालिकाको बैठकले आज शोक बिदा दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved