देवकोटा र मनाङे मन्त्री बन्दै , गण्डकी सरकारले आजै नीति तथा कार्यक्रम ल्याउने

नेपालभ्युज

देवकोटा र मनाङे मन्त्री बन्दै , गण्डकी सरकारले आजै नीति तथा कार्यक्रम ल्याउने

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् ।

माओवादीबाट चुनाव चिन्ह लिएर जितेका नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’लाई मन्त्री बनाउने मुख्यमन्त्रीको तयारी छ ।

माओवादी चुनाव चिन्हबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाले ह्वीप जारी भए पनि पाण्डेलाई विश्वासको मत दिएका थिए । देवकोटाले फ्लोर क्रस गरेको भन्दै माओवादीले कारबाही गर्ने बताएको छ ।

दुवै मन्त्रीकालागि बिहान ११ बजे सपथको तयारी गरिएको छ । यो सँगै गुरुङ गण्डकीमा छैटौं पटक मन्त्री हुँदैछन् । कांग्रेसका टकराज गुरुङ आर्थिक मामिला र विन्दुकुमार थापा उर्जा मन्त्रालयमा यस अघि नै नियुक्त भइसकेका छन् ।

सरकारलाई विश्वासको मत दिएको राप्रपा भने सरकारमा सहभागी नहुने भएको छ ।

सर्वोच्चको परमादेशमा जेठ १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले आजै मन्त्रिपरिषद बिस्तार गरि नीति तथा कार्यक्रम ल्याउने तयारी गरेका छन् ।

दिउँसो ३ बजे नीति तथा कार्यक्रम सार्वजनिक गरिने मुख्मयन्त्री कार्यालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved